Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » गुर्जा हिमालमा हिमपहिरो :चार जना नेपाली सहित नौजना बेपत्ता

गुर्जा हिमालमा हिमपहिरो :चार जना नेपाली सहित नौजना बेपत्ता

असोज २७, पोखरा । म्याग्दीको धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा हिमाल आरोहण गर्न गएको कोरियाली टोली हिमपहिरोमा परेको छ ।
७ हजार १९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणमा गएका ५ जना कोरियन र ४ जना नेपाली टोली हावाहुरीका कारण बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
हिमाल आरोहणका लागि बेसक्याम्पमा बसेको टोली एक्कासि हावाहुरी आएर टेन्ट उडाएपछि बेपत्ता भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो ।
बेसक्याम्पमा चलेको चर्को हावाहुरीका कारण टाँगिएका त्रिपालहरु उडाएपछि आरोही टोली बेपत्ता भएको उहाँले जानकारी दिनुभयो । टे«किङ एजेन्सीमार्फत उद्धारका लागि हेलिकप्टर घटनास्थल पुगे पनि ल्याण्ड गर्न नसकेपछि फर्किएको उहाँले बताउनुभएको छ । हिमाल आसपासका क्षेत्रमा रहेको जङ्गलका रुख समेत हावाहुरीले भाचिँएको अवस्थामा भेटिएकाले अत्याधिक हावाहुरीले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
यसै साता मात्रै गूर्जा हिमाललगायत अन्य हिमाल आरोहणको लागि दुई टोली आधार शिविरतर्फ प्रस्थान गरेका थिए । एक दशकपछि मात्रै गुर्जा हिमाल आरोहणका लागि अनुमति दिइएको थियो ।

Check Also

प्रदेशलाई सघाउँदै स्विस सरकार

कात्तिक २९,पोखरा । प्रादेशिक सडक अन्तर्गत आवश्यकमोटरवेल पुलनिर्माणमा स्विस सरकारले सहयोग गर्ने भएको छ । …