Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » दोस्रो सिजनको ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ हुने

दोस्रो सिजनको ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ हुने

रेम बिक
पोखरा, २० पुस । दोस्रो सिजनको ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ हुने भएको छ । आयोजक एपी इन्टरटेनमेन्ट प्रालिले विहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि ‘कन्टेस्ट’को बारेमा जानकारी दिएको हो । आयोजकले ‘कन्टेस्ट’का लागि आवेदन फाराम खुलेको जानकारी दिएको छ ।

खासगरि नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित ‘हस्पिटालिटी सेक्टर’का व्यक्तिहरुले यो ‘कन्टेस्ट’मा सहभागिता जनाउन पाउने आयोजकले बताएको छ । ‘अतिथी सत्कारको लागि पर्यटकीय होटल, रेस्टुरेन्ट तथा अन्य क्षेत्रहरु बढि सम्बन्धित छन् । र, यो कन्टेस्टमा सोहि क्षेत्रसँग आबद्ध रहेका सबै उमेर समूहका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन् ।’ आयोजक एपी इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने–‘हस्पिटालिटी क्षेत्रमा आबद्ध हुनेहरुको लागि यो एउटा विशेष मञ्चको रुपमा हामीले अगाडि सारेका छौँ ।’

आयोजकले यो इभेन्टका लागि देशव्यापी आवेदन आह्वान गरेको जनाएको छ । यो इभेन्टको पहिलो अडिसन पोखरामा माघ ७ गते हुनेछ भने दोस्रो अडिसन बुटवलमा माघ १३ गते हुनेछ । त्यस्तै पहिलो चरणको अन्तिम अडिसन काठमाण्डौमा हुने आयोजक एपी इन्टरटेनमेन्टले जनाएको छ । पहिलो चरणको अडिसनमा ८० जना प्रतिस्पर्धीले आवेदन दिने अनुमान गरेको आयोजक कम्पनीले फाइनलका लागि भने ३० जना मात्रै प्रतिस्पर्धीलाई छनौट गर्नेछ ।

‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्केटिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरु आयोजकले व्यवस्था गरेको छ । कन्टेस्टमा सहभागी भई विजेता बन्नेका लागि दुबई र थाइल्याण्डको भ्रमण अवसरका साथै विभिन्न तारे होटलहरुमा जागिरको व्यवस्था गरिने आयोजकले बताएको छ ।

त्यो सँगै भिडियो तथा फोटोसुटसँगै विभिन्न कम्पनीको विज्ञापनमा अवसर प्रदान गरिने उसले जानकारी दिएको छ । त्यस्तै विभिन्न फेशन शो, म्यूजिक भिडियो र म्यागजिनको कभरमा विजेताहरुलाई ‘स्पेस’ दिईने आयोजकले जनाएको छ । यो प्रतियोगिताको विजेतालाई नगद २५ हजार, फस्ट रनरअपलाई १५ हजार र सेकेन्ड रनरअपलाई १० हजार रुपैयाँ नगद पनि उपलब्ध गराईने आयोजकले बताएको छ ।

पत्रकार सम्मेलनमा अघिल्लो सँस्करणको विजेता रेशम कुमालले आफू ‘हस्पिटालिटी कन्टेस्ट’को विजेता बनिसकेपछि थुप्रै अवसरहरु प्राप्त गरेको बताउँदै नयाँ आउने प्रतिस्पर्धीहरुलाई ढुक्क भएर प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरेका थिए ।

Check Also

‘पञ्चेबाजा’ले दर्शकलाई शतप्रतिशत मनोरञ्जन प्रदान गर्ने दाबी

रेम बिक पोखरा, ७ फागुन । दर्शकलाई मनोरञ्जनको ‘शतप्रतिशत ग्यारेन्टी’ दिने दाबा गर्दै फिल्म पञ्चेबाजाको …