Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » हस्पिटालिटी नेपाल कन्टेस्टका प्रतिस्पर्धीहरु पोखरा देखि ल्वाङसम्म

हस्पिटालिटी नेपाल कन्टेस्टका प्रतिस्पर्धीहरु पोखरा देखि ल्वाङसम्म

बिग न्यूज्
पोखरा, १० फागुन । दोस्रो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टका प्रतिस्पर्धीहरुलाई विभिन्न ट्रेनिङ दिने क्रम जारी छ । प्रतियोगीहरु भरपुर मनोरञ्जनका साथ पोखरादेखि ल्वाङसम्म विभिन्न अनुभव बटुलिरहेका छन् ।

पोखरा, बुटवल र काठमाण्डौका गरी २८ जना प्रतिष्पर्धीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन् । चरणबद्ध रुपमा विभिन्न तालिमहरु दिईएको आयोजक एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले बताए । प्रतियोगीलाई पर्यटकीय गाउँ ल्वाङ पुर्याईएको छ ।

त्यहाँको होम स्टे, ग्रामिण शैलीमा पाहुनाको स्वागत, त्यहाँका खानपिन, परिकार, आवास सुविधा सम्बन्धमा जानकारी हेतु विषय सुहाउँदो पनि भएकाले यस किसिमको भ्रमण गराईएको पाण्डेले बताए ।

हामीले प्रतिस्पर्धीहरुलाई सकेसम्म आवश्यक सबै क्षेत्रको बारेमा सक्दो प्रशिक्षण र अनुभव प्रदान गर्दैछौं कार्यकारी निर्देशक रोनित तुलाचनले भने होमस्टेको आकर्षण पछिल्लो पटक बढ्दो छ । हस्पिटालिटी भनेपछि यसबारेपनि अनुभव र ज्ञान होस् भनेर भ्रमणका लागि लगेका हौं ।

टेबल म्यानर र डाइनिंग इन्थिकुइटी ट्रेनिङ

यस्तै, प्रतिष्पर्धीलाई टेबल म्यानर र डाइनिंग इन्थिकुइटी ट्रेनिङ प्रदान गरिएको छ । लेकसाइड स्थित क्राउन हिमालयनमा प्रशिक्षक विकास गुरुङले सहजीकरण गरे ।

प्रतिष्पर्धीहरुलाई आवश्यक पर्ने सबै किसिमका प्रशिक्षण दिइने आयोजक कम्पनीका निर्देशक उज्ज्वल बस्नेतले बताए ।

बारिष्टा ट्रेनिङ पनि

प्रतिस्पर्धीहरुलाई बारिष्टा क्लास प्रदान गरिएको छ । न्युरोड स्थित कफि कल्चरमा प्रतिस्पर्धीहरुलाई कफि बनाउने तरिका सिकाइएको थियो ।

आगामी फागुन २० गते पोखरामा ग्राण्डमा फाइनल हुने कन्टेस्टको १४ गते नेपाल टुरिजम बोर्डको हलमा ट्यालेन्ट राउण्ड रहेको निर्देशक रबिन केसीले बताए ।

हिमाज् एजुकेशन कन्सल्टेसीको प्रस्तुतिमा एपी इन्टरटेन्मेन्टले आयोजना गरेको कन्टेस्टको मुख्य प्रायोजकमा लालि तयारी चाउचाउ रहेको छ ।

Check Also

पोखरामा ‘पानी माथिको ओभानो’ बनिन् मलिना !

रेम बिक पोखरा, २९ जेठ । पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीले अभिनय गरेको …