Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद » बुर्तिबाङमा ‘आइटीएफ तेक्वान्दो’को अन्तराष्ट्रिय प्रतियोगिता
????????????????????????????????????

बुर्तिबाङमा ‘आइटीएफ तेक्वान्दो’को अन्तराष्ट्रिय प्रतियोगिता

बिग न्यूज
पोखरा, २० पुस । ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा अन्तराष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता हुने भएको छ । बुर्तिबाङमा हुने पाँचौ सँस्करणको पुरुष तथा पहिलो सँस्करणको महिला राष्ट्रिय ‘आइटीएफ तेक्वान्दो’ प्रतियोगिताको बारेमा आयोजकले विहिबार पोखरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

बाग्लुङ स्थित ढोरपाटन ‘आइटीएफ तेक्वान्दो दोजाङ’को आयोजना तथा बाग्लुङ जिल्ला ‘आइटीएफ तेक्वान्दो संघ’को सह आयोजना र नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको संरक्षणमा आगामी पुसको २८ र २९ बुर्तिबाङमा यो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा दुइ बिभागिय टीम सहित ८ टीमको सहभागीता रहने आयोजक ढोरपाटन ‘आइटीएफ तेक्वान्दो दोेजाङ’का अध्यक्ष भुपेन्द्र पुनमगरले जानकारी दिए । पुनका अनुसार उक्त प्रतियोगितामा पूर्वाञ्चल विकास क्षेत्र, मध्यमाञ्चल विकास क्षेत्र, पश्चिमाञ्चल विकास क्षेत्र, मध्य–पश्चिमाञ्चल विकास क्षेत्र, सुदुर–पश्चिमाञ्चल विकास क्षेत्र, विभागीय टीमहरु नेपाल आर्मी क्लब र नेपाल एपीएफ क्लब र आयोजक गरी ८ टीमले सहभागिता जनाउनेछन ।

स्पेशल फ्रि स्पाइरिङ्ग, पुरुष (५५–६३) के.जी र महिला (४७–५५) केजी समुह गरी विभिन्न तीन विधामा प्रतियोगिता हुने आयोजकले बताएको छ । जसमा पुरुष र महिला दुवैतर्फ प्रथम हुनेलाइ ५ सय अमेरिकी डलर, गोल्ड मेडल र प्रमाणपत्र, दोश्रो हुनेलाई ३ सय अमेरिकी डलर सिल्भर मेडल र प्रमाणपत्र र तेश्रो हुनेलाई २ सय अमेरिकी डलर, ब्रन्ज मेडल प्रमाणपत्र प्राप्त गर्नेछन ।

 

Check Also

राष्ट्रिय खेललाई स्थापित गराउला ‘डमरुको डण्डिबियो’ले ?

रेम बिक पोखरा, २१ चैत । नेपालमा अहिले क्रिकेटको चर्चा ह्वात्तै बढेको छ । अन्तराष्ट्रिय …