Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » नेपालमा भारतबाट वार्षिक ३५ करोडको खरानी आयात

नेपालमा भारतबाट वार्षिक ३५ करोडको खरानी आयात

बाँके,३ साउन । नेपालले भारतबाट अधिकांश सामानहरु आयात गर्ने गरेको छ । इन्धन, फलामे सामान, खाद्यान्न मात्रै नभएर भारतबाट खरानी समेत आयात हुने गरेको छ ।

नेपालगञ्ज नाका भएर मात्रै वार्षिक करोडौंको खरानी भित्रिने गरेको छ । भन्सार कार्यालयका अनुसार भारतबाट नेपालमा बर्सेनि ठूलो परिमाणको खरानी भित्रिने गरेको छ ।सिमेन्ट उद्योगले कच्चा पदार्थको रुपमा भारतबाट खरानी स्ल्याग भित्राउने गरेको नेपालगञ्ज भन्सार कार्यालयका निमित्त प्रमुख माधव आचार्यले जानकारी दिए ।

गएको आर्थिक वर्ष २०७४-७५ मा नेपालगञ्ज भन्सार कार्यालय भएर ३५ करोड ६० लाख ६७ हजार रुपैयाँ मूल्य बराबरको खरानी भारतबाट भित्रिएको भन्सार कार्यालयको तथ्यांक रहेको छ । भारतबाट गएको आर्थिक वर्षमा भित्रिएको खरानीबाट नेपाल सरकारलाई १६ करोड ७४ लाख २७ हजार रुपैयाँ मूल्य राजश्व प्राप्त भएको छ ।

भन्सार कार्यालयको तथ्यांक अनुसार गएको आर्थिक वर्षमा भारतबाट १० लाख ६ हजार ३६४ मेट्रिक टन खरानी भारतबाट नेपालगञ्ज नाका भएर भित्रिएको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार पछिल्लो समय खरानी आयात हुने क्रम बढ्दो अवस्थामा रहेको छ ।अघिल्लो आर्थिक वर्ष २०७३-७४ मा भारतबाट ५६ हजार ७५३ मेट्रिक टन खरानी स्ल्याग भारतबाट नेपालगञ्ज नाका हुँदै भित्रिएको थियो ।

त्यस आर्थिक वर्षमा २० करोड ७ लाख ११ हजार रुपैयाँ मूल्यको खरानी भित्रिँदा भन्सार कार्यालयले ९ करोड ८ लाख २८ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७४-७५ मा लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ ।भन्सार कार्यालयले १० अर्ब २७ करोड २२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । संकलित राजश्वमध्ये निकासीतर्फको राजश्व करिब ६२ लाख रुपैयाँ मात्रै रहेको छ ।

Check Also

मोदीको फेरि पनि पोखरा भ्रमण रद्द, सुरक्षा कारण बहाना

काठमाडौँ,३० श्रावण २०७५ । काठमाण्डौमा यही भदौ १४ र १५ गते बिमस्टेक सम्मेलन आयोजना हुँदैछ । …