Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद » पोखरामा असोज ६ देखि दोस्रो किरण खड्का स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता

पोखरामा असोज ६ देखि दोस्रो किरण खड्का स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता

१ असोज,पोखरा । पोखरामा आउँदो असोज ६ गते देखि १२ गतेसम्म दोस्रो किरण खड्का स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।  “समाज निर्माणमा आजका युवा र खेलकुद” भन्ने नारा सहित शितल ज्योति युवा क्लबको आयोजनामा अमरसिंह मा।विको खेलमैदानमा उक्त प्रतियोगिता गरिने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख पचास हजार सहित,शिल्ड,मेडल र प्रमाणपत्र र द्वितीय हुनेले नगद ८० हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीले १ थान माउन्टेन बाइसाइकल पाउने छन भने उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट मिड फिल्डर,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोल किपर,उच्च गोलकर्ताले समान नगद पाँच हजार सहित ट्रफी र प्रमाणपत्र पुरस्कार स्वरुप पाउने छन ।

प्रतियोगितामा अनुशासित टिम क्लब,म्यान अफ दि म्याच र सेमिफाइनलमा पराजित हुने टिमका लागि समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका संयोजक मीन प्रसाद गुरुङले जानकारी दिएका छन । प्रतियोगितामा बढीमा ४० टिम सहभागी हुने क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिएका छन ।

Check Also

मोहम्मद सालह लगातार दोस्रो वर्ष बने अफ्रिकन वर्ष फुटबलर

२९ मंसिर, काठमाडौं । इजिप्ट तथा लिभरपुलका फरवार्ड मोहम्मद सालहले लगातार दोस्रो वर्ष अफ्रिकन फुटबलर अफ …