Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » पोखराबाट गएको बसमा ४ किलो चरेश सहित एक जना पक्राउ

पोखराबाट गएको बसमा ४ किलो चरेश सहित एक जना पक्राउ

१८ मंसिर,पोखरा । पोखराबाट काठमाडौंतर्फ गईरहेको बसमा प्रहरीले ४ किलो लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त,थानकोटले मकवानपुर थाहा नगरपालिका-७ का १९ वर्षीय श्यामलाल तामाङलाई पक्राउ गरेको हो ।

वृत्तका डीएसपी कुमारविक्रम थापाका अनुसार पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ५६७ नम्बरको बसबाट उनलाई चरेशसहित पक्राउ गरिएको हो । विशेष सुराकीका आधारमा चेकजाँच गर्दा उनी समातिएको डीएसपी थापाले जानकारी दिएका छन् ।

प्रतिकात्मक तस्बीर

Check Also

स्कुटरले ठक्कर दिँदा पोखरामा एक पैदल यात्री घाइते

मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । …