Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » ‘पोखरा लेखनाथ’ बाट आजदेखि हट्यो ‘लेखनाथ’, मन्त्रीपरिषदबाट पारित

‘पोखरा लेखनाथ’ बाट आजदेखि हट्यो ‘लेखनाथ’, मन्त्रीपरिषदबाट पारित

पोखरा । पोखरा लेखनाथ महानगरपालिका महानगरपालिकाको नाम अब पोखरा महानगरपालिका मात्र हुने गरी औपचारिकता पाएको छ । भर्खरै सम्पन्न मन्त्रीपरिषद् बैठकले महानगरको सिफारिस बमोजिम लेखनाथ शब्द हटाउने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

अब नेपाल सरकारले राजपत्रमा प्रकाशित हुनेछ र त्यसपछि कामकाज नयाँ नामअनुसार अघि बढ्नेछ । गत असार १२ गते महानगरको तेश्रो नगरसभाले अब पोखरा महानगरपालिका मात्र रहने गरी लेखनाथ शब्द हटाउने गरी सरकार समक्ष सिफारिस गरेको थियो । उपमहानगरपालिका रहँदा पनि पोखरा मात्र थियो । पछि, लेखनाथ नगरपालिका सहित आसपासका गाविस गाभेर पोखरा लेखनाथ महानगरपालिका नामाकरण गरियो ।

एमालेतर्फका सचेतक तथा पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले सभामा नाम परिमार्जनको प्रश्ताव पेश गरेका थिए । उनको प्रश्तावलाई काँग्रेस सचेतक तथा पोखरा ९ का अध्यक्ष रामराज लामिछानेले समर्थन गरेका थिए । बहुमत वडाध्यक्ष र सदस्यहरुले नाम परिमार्जन गर्ने बिषयमा समर्थन जनाएका थिए ।

यस प्रस्तावमाथि ४० जना नगर सभासद्ले आफ्ना धारणा राखेका थिए । धेरैले कवि शिरोमणि लेखनाथ पौड्याललाई ससम्मान उनको नामा अन्य क्षेत्रमा जोड्न सकिने तर महानगरको नाम पोखरामात्रै हुनुपर्ने बताएका थिए । नामको बिषयमा पहिले देखि नै विरोध र विवाद आएकोले हटाउनका लागि प्रश्ताव गरिएको गरिएको थियो ।

साविक लेखनाथ नगरबासीले भने लेखनाथ नगरपालिका रहँदा एक अर्ब बजेट आउनेमा अहिले महानगरमा मिसिएपछि त्यस क्षेत्रमा २० करोड मात्र आएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् । विकास पनि नहुने, लेखनाथ नाम पनि हटाउने भएपछि नगरपालिका नै हुनुपर्ने केहिको माग छ । तर, सर्वसम्मत रुपमा नाम हटाई ग्रेटर पोखराको अवधारणामा अघि बढेको महानगरपालिकाले जनाएको छ ।

Check Also

बाँदरको सुकुटी बेच्न पाईयोस

पोखरा,१ मंसिर । सरकारले ल्याउन लागेको नेपाल वन विधेयकले मानव र वन्यजन्तु बिचको द्वन्द्व व्यवस्थापन गर्ने …