Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » कांग्रेसद्वारा गाउँपालिकाको ध्यानाकर्षण,उत्खनन पक्रिया छिमेकीको अनुकरण गर्न सुझाव

कांग्रेसद्वारा गाउँपालिकाको ध्यानाकर्षण,उत्खनन पक्रिया छिमेकीको अनुकरण गर्न सुझाव

भादौ,२९ पोखरा । नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिका वडा न २ सार्दीखोला गाउँ कार्यसमितीले माछापुच्छ्रे गाउँपालिकाको कार्यलयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाली कांग्रेस माछापुच्छ्रे गााउपालिका वडा न २ सार्दीखोला गाउँ कार्यसमितीका सभापति गुन्जमान गुरुङले सेती नदिको किनारमा रहेको वालुवा,गिटी तथा ढुङगाजन्य वस्तुको निकासी विगत धेरै वर्षदेखि स्थानीय गाविसको समन्वयमा व्यवसायीहरुले संचालन गर्दै आएको र सो व्यवसायबाट सार्दीखोला तथा वरपरका गाउँका स्थानीय मजदुरहरुको रोजीरोटी चलेको उल्लेख गरे ।

स्थानीय जनप्रतीनिधी नभएको संक्रमणकालीन अवस्थामा अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाले कपोकल्पित रुपमा यस कार्यबाट वातावरणिय प्रभावमा प्रतीकुल प्रभाव परेको भन्दै एकाएक बन्द गराएको भन्दै उनले आपत्ति प्रकट गरे । स्थानीय जनप्रतिनिधी समेत भएकाले नदीजन्य वस्तु,जडीबुटी,प्राकृतिक बनस्पती जस्ता वस्तुहरको निश्चित मापदण्ड बनाई उत्खनन पक्रिया छिमेकी गाउँपालिकाले समेत गरेको भन्दै सोही कुराको अनुकरण गरी अघि बढनुपर्ने गुरुङले बताए ।

साथै गााउपालिकाले एकिकृत सम्पत्ति करको नाममा जनतालाई अत्याधिक करको भारी लगाएको र गाउपालिकामा नवनिर्मित घरको नक्सा पास गर्न गााउपालिकाले तोकेको प्राविधिकसंग मात्र गर्नुपर्ने सिण्डिकेको तत्काल अन्त्य हुनुपर्नेमा जोड दिए । त्यस्तै ध्यानकर्षण पत्र बुझ्दै गाउँपालिकाका अधिकारीहरु यदु अधिकारी र बोधराज सापकोटाले अब गाउँपालिकाले वातावरणमा प्रतिकुल असर नपर्ने गरी गाउँपालिका भित्रका सबै नदीजन्य वस्तुको उचित रुपमा उत्खनन गर्ने बताए । ध्यानाकर्षण पत्र बुझाउन सार्दीखोला मजदुर सघंका अध्यक्ष कुष्ण गौतम,नेकपा विप्लव सार्दीखोलाका इन्र्चाज तेज बहादुर केसी,स्थानीय युवा व्यवसायी विपुल शर्मा,राम गुरुङ लगाएत पुगेका थिए ।

Check Also

बाँदरको सुकुटी बेच्न पाईयोस

पोखरा,१ मंसिर । सरकारले ल्याउन लागेको नेपाल वन विधेयकले मानव र वन्यजन्तु बिचको द्वन्द्व व्यवस्थापन गर्ने …