Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार » कालीगण्डकी अक्सिजन ग्याँस ‘महा–आजिजा’ मा तेस्रो दिन श्रोताहरुले २० हजार जित्ने मौका गुमाए

कालीगण्डकी अक्सिजन ग्याँस ‘महा–आजिजा’ मा तेस्रो दिन श्रोताहरुले २० हजार जित्ने मौका गुमाए

पोखरा, २६ असोज । पोखराको बिग एफएमले महान पर्व बडादशँैको अवसर पारेर घटस्थापनाको दिनदेखि सुरु गरेको रेडियो गेम शो ‘महा आजिजा’ जारी छ । ‘पैसाको खेल रेडियोमा’ भन्ने थिममा खेलाईने रेडियो गेम शो असोज २९ गतेसम्म चल्ने एफएमले जनाएको छ । यो पटकको ‘महा आजिजा’ लाई कालिगण्डकी अक्सिजन ग्याँस प्रालिले मुख्य प्रायोजन गरेको छ ।

रेडियो गेम शो ‘महा–आजिजा’ अन्तरगत सहभागी हुने स्रोताहरुले हरेक दिन पैसा जित्ने मौका पाउनेछन् । तेस्रो दिन स्यांग्जाकी प्रतिभा अधिकारी र अप्सना मियाले जनही एक सय जितेका छन् । दुई जनाले जित्न सकेनन् । दोस्रो दिन सागर खत्री प्रकाशले नगद ५ हजार जितेका थिए भने नकुल शाहले ५ सय जिते । पहिलो दिन रामघाट पोखराका रामकृष्ण सुवेदीले ५ हजार र अमितकुमार न्यौपानेले ५ सय जितेका थिए ।

बिग एफएमका प्रोग्राम चिफ शंकर तिवारीले ६ दिनसम्म खेलाईने यो शोमा एक्लैले २० हजार सम्म जित्न सक्ने बताए । प्रतियोगितामा सहभागी हुनका लागी स्रोताहरुले एसएमएसमार्फत नाम दर्ता गर्नुपर्ने कार्यक्रम संयोजक तिवारीले जानकारी दिए ।

गेम शोमा सहभागिताको लागि स्रोताहरुले मोबाइलको म्यासेज बक्समा गई बिआईजी स्पेश एफएम स्पेश आफ्नो नाम ठेगाना लेखेर ३४३२१ मा पठाउनुपर्नेछ । गेम शोमा सहभागिताको लागी जुनसुकै बेलामा पनि एसएमएस पठाउन सकिने एफएमले जनाएको छ । महा–आजिजा’ हरेक साँझ ७ बजेदेखि ९ बजेसम्म शंकर तिवारी र कमल थापाका साथमा खेल्न सकिनेछ ।

रेडियोले नयाँ वर्षदेखि भ्यालेण्टाइन डे होस् वा तीज दशैं तिहार होस् । यस्ता इभेण्टमा बर्षौंदेखि निरन्तर रेडियो गेम शो आयोजना गर्दै आएको छ ।

यसैबीच, यस कार्यक्रममा प्रमुख प्रायोजकका रुपमा कालिगण्डकी अक्सिजन ग्याँस प्रालि जोडिएको छ । कार्यकारी निर्देशक बस्ताकोटीले बिग एफएमसँगको सहकार्य निरन्तर रहेको जानकारी गराउँदै ठूलो इभेण्टमा जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । ‘यस सहकार्यले हाम्रो कम्पनीको प्रवद्र्धनका साथै श्रोतासँग समेत चाडपर्वमा प्रत्यक्ष जोडिने मौका मिलेको छ ।’ बस्ताकोटीले भने ।

पोखरा औद्योगिक क्षेत्रमा प्रधान कार्यालय रहेको प्रा.लि.को डिपो नयाँबजार प्रदर्शनी केन्द्र गेट नजिकै रहेको छ । आइएसओ ९००१ः२०१५ प्रमाणित यस प्रालिमा मेडिकल एवं औद्योगिक ग्याँसका अतिरिक्त आर्गन, कार्बनडाइअक्साइड, डीए ग्याँस, नाइट्रोजन, एमोनिया र नाइट्रोस अक्साइड ग्याँस समेत उपलब्ध छ । ९९ प्रतिशत भन्दा माथिको शुद्धता र फुल फ्रेशर सिलिण्डर, चौबिसै घण्टा सेवा एवं डेलिभरीको व्यवस्था रहेको छ । गण्डकी धौलागिरीका विभिन्न शहर गोरखा बजार, आँबुखैरेनी, बेशीशहर, दमौली, डुम्रे, खैरेनी, कुश्मा, बाग्लुङ र स्याङ्जामा समेत डिपो रहेको छ ।

Check Also

गण्डकी र हाईनानबीच भगिनी सम्बन्ध:२० जना विद्यार्थीले छात्रवृत्ति पाउने

पोखरा,१ मंसिर । स्थापनाको ३ दशकमै विकासमा छलाङ मारेको चीनको हाईनान प्रान्तले गण्डकी प्रदेशसँग भगिनी सम्बन्ध गाँसेको …