Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » कालीगण्डकी अक्सिजन ग्याँस ‘महाआजिजा’ मा एकै दिन कपिल र अनुष्काले जिते ५–५ हजार

कालीगण्डकी अक्सिजन ग्याँस ‘महाआजिजा’ मा एकै दिन कपिल र अनुष्काले जिते ५–५ हजार

पोखरा, २८ असोज । बिग एफएमले महान पर्व बडादशँैको अवसर पारेर घटस्थापनाको दिनदेखि सुरु गरेको रेडियो गेम ‘महा आजिजा’ खेल्ने श्रोताको संख्या बढ्दो छ । २० हजारसम्म जित्न सक्ने भएपनि ५ हजारभन्दा बढी अहिलेसम्म कुनै पनि सहभागीले जित्न सकेका छैनन् ।

‘पैसाको खेल रेडियोमा’ भन्ने थिममा खेलाइएको यो रेडियो गेम शोमा प्रश्नको उत्तर मिलाउँदै गएको खण्डमा एकै जनाले २० हजार सम्म जित्न सक्नेछन् । यसका लागि विभिन्न चरण पार गर्नुपर्नेछ । भोलि असोज २९ गतेसम्म चल्ने ‘महा आजिजा’ लाई यो पटक कालिगण्डकी अक्सिजन ग्याँस प्रालिले मुख्य प्रायोजन गरेको छ ।

रेडियो गेम शो ‘महा–आजिजा’ अन्तरगत सहभागी हुने स्रोताहरुले हरेक दिन पैसा जित्ने मौका पाउनेछन् । अहिलेसम्म चार जनाले जनही ५ हजार जितेका छन् । पाँचौ दिन आज कपिल पोखरेल र अनुष्का पौडेलले ५–५ हजार जिते । सागर खत्री प्रकाश र रामकृष्ण सुवेदीले पनि जनही पाँच हजार जितिसकेका छन् । नविना पोखरेलले २ हजार जितेकी छिन् ।

बिग एफएमका प्रोग्राम चिफ शंकर तिवारीले ६ दिनसम्म खेलाईने यो शोमा सहभागी हुनका लागी स्रोताहरुले एसएमएसमार्फत नाम दर्ता गर्नुपर्ने बताए । गेम शोमा सहभागिताको लागि स्रोताहरुले मोबाइलको म्यासेज बक्समा गई बिआईजी स्पेश एफएम स्पेश आफ्नो नाम ठेगाना लेखेर ३४३२१ मा पठाउनुपर्नेछ । गेम शोमा सहभागिताको लागी जुनसुकै बेलामा पनि एसएमएस पठाउन सकिने एफएमले जनाएको छ । महा–आजिजा’ हरेक साँझ ७ बजेदेखि ९ बजेसम्म शंकर तिवारी र कमल थापाका साथमा खेल्न सकिनेछ ।

रेडियोले नयाँ वर्षदेखि भ्यालेण्टाइन डे होस् वा तीज दशैं तिहार होस् । यस्ता इभेण्टमा बर्षौंदेखि निरन्तर रेडियो गेम शो आयोजना गर्दै आएको छ ।

Check Also

बाँदरको सुकुटी बेच्न पाईयोस

पोखरा,१ मंसिर । सरकारले ल्याउन लागेको नेपाल वन विधेयकले मानव र वन्यजन्तु बिचको द्वन्द्व व्यवस्थापन गर्ने …