Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार » कालीगण्डकी अक्सिजन ग्याँस ‘महाआजिजा’ को अन्तिम दिन कृष्णले जिते २० हजार

कालीगण्डकी अक्सिजन ग्याँस ‘महाआजिजा’ को अन्तिम दिन कृष्णले जिते २० हजार

पोखरा, २९ असोज । बिग एफएमले महान पर्व बडादशँैको अवसर पारेर घटस्थापनाको दिनदेखि सुरु गरेको रेडियो गेम ‘महा आजिजा’ सकिएको छ ।

६ दिनसम्म सहभागीहरुले हजारौं रकम जितेका छन् । आज अन्तिम दिन कृष्ण अधिकारीले अधिकतम २० हजार जित्न सफल भए । यस्तै लिलावती सुनारले ५ हजार जितिन् । यसअघि चार जनाले जनही ५ हजार जितेका थिए । हिजो कपिल पोखरेल र अनुष्का पौडेलले ५–५ हजार जिते । सागर खत्री प्रकाश र रामकृष्ण सुवेदीले पनि जनही पाँच हजार जितेका थिए । नविना पोखरेलले २ हजार जितेकी छिन् ।

‘पैसाको खेल रेडियोमा’ भन्ने थिममा खेलाइएको यो रेडियो गेम शोमा प्रश्नको उत्तर मिलाउँदै गएको खण्डमा एकै जनाले २० हजार सम्म जित्न सक्ने व्यवस्था थियो । यसका लागि विभिन्न चरण पार गर्नुपर्ने थियो ।

‘महा आजिजा’ लाई यो पटक कालिगण्डकी अक्सिजन ग्याँस प्रालिले मुख्य प्रायोजन गरेको हो । रेडियोले नयाँ वर्षदेखि भ्यालेण्टाइन डे होस् वा तीज दशैं तिहार होस् । यस्ता इभेण्टमा बर्षौंदेखि निरन्तर रेडियो गेम शो आयोजना गर्दै आएको छ ।

Check Also

गण्डकी र हाईनानबीच भगिनी सम्बन्ध:२० जना विद्यार्थीले छात्रवृत्ति पाउने

पोखरा,१ मंसिर । स्थापनाको ३ दशकमै विकासमा छलाङ मारेको चीनको हाईनान प्रान्तले गण्डकी प्रदेशसँग भगिनी सम्बन्ध गाँसेको …