Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » महानगरभित्र अबदेखि ‘पोल ब्यानर’ र ‘रोडक्रस ब्यानर’ राख्न नपाईने

महानगरभित्र अबदेखि ‘पोल ब्यानर’ र ‘रोडक्रस ब्यानर’ राख्न नपाईने

बिग खबर
पोखरा, २१ चैत । पोखरा लेखनाथ महानगरभित्र अबदेखि पोलमा प्रचार सामाग्री राख्न नपाईने भएको छ । त्यसैगरि सडक वारपार हुने गरि तुल ब्यानर पनि अबदेखि महानगरपालिका क्षेत्रमा रहनेछैनन् ।

चैतको २२ गतेदेखि नै लागु हुने गरि यो निर्णय गरिएको पोखरा लेखनाथ महानगरपालिका कार्यालयले जनाएको छ । उसले सडकको पोलपोलमा राखिएको प्रचार सामाग्री र सडक वारपारको तुल ब्यानर हटाउन एक हप्ते सूचना जारी गर्ने जनाएको छ ।

विज्ञापनको लागि वार्षिक पैसा बुझाएका दुई कम्पनीको ब्यानर बाहेक अन्यको हटाइने महानगरपालिका कार्यालयले जनाएको छ । करको दायरामा नआई त्यस्ता प्रचार सामाग्री राखेको पाईएमा सम्बन्धित व्यक्ति वा संस्थालाई कारबाहि गरिने चेतावनी समेत कार्यालयले दिएको छ । यद्यपी असार मसान्तपछि भने पैसा बुझाएका भनिएका दुई कम्पनीलाई समेत बिजुलीको पोलमा प्रचार सामाग्री झुण्डाउने र रोड क्रस ब्यानर राख्न नदिने नीति महानगरले लिएको छ ।

‘महानगरका अनुसार अनुसार एउटा पोलमा ब्यानर वा तुल टाँगेमा १५ हजारसम्म जरिवाना र सार्वजानिक ऐन अन्तर्गत कारवाही हुनेछ । पोलमा जथाभावी प्रचार सामाग्री झुण्डाउँदा र रोड क्रस ब्यानर राख्दा शहर नै कुरुप देखिने भन्दै महानगरमा गुनासो बढेपछि कार्यालयले यस्तो निर्णय गरेको हो ।

Check Also

स्कुटरले ठक्कर दिँदा पोखरामा एक पैदल यात्री घाइते

मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । …