Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनलाई स्वर्ण – BIG FM 101.2 MHz

Breaking News
Home » खेलकुद » विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनलाई स्वर्ण

विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनलाई स्वर्ण

१ पुष, २०७५ । विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले शनिबार साँझ पुरुष ७५ केजी स्वर्ण जितेका हुन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिए ।

नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो । गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० मा रजत पदक जितेकी थिइन् । महेश्वरले अन्तर्रा्ष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो । महेश्वरले २०१६ मा भूटानमा भएको ५० औँ एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टमा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए ।

Check Also

पोखरा फुटबल रंगशालाको काम बल्ल अघि बढ्ने भो, कभर्डहल १५ महिनामा सक्नुपर्नेमा ५ वर्ष लगाउने कम्पनीलाई नै जिम्मा !

पोखरा । लामो समय देखि प्रतिक्षारत पोखरा फुटबल रंगशालाको काम अघि बढने भएको छ । …