Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » मनाङ घुम्न नेपालीले पनि प्रवेश शुल्क तिर्नुपर्ने,हेर्नुहोस कति तिर्नु पर्छ त प्रवेश शुल्क ?

मनाङ घुम्न नेपालीले पनि प्रवेश शुल्क तिर्नुपर्ने,हेर्नुहोस कति तिर्नु पर्छ त प्रवेश शुल्क ?

२७ कार्तिक,मनाङ । हिमाल पारीको जिल्ला मनाङ जिल्लामा अब घुम्न आउनको लागी बाह्य पर्यटक तथा आन्तरिक पर्यटकहरुले समेत पैसा तिर्नु पर्ने भएको छ । यहाँ भन्दा पहिला विदेशी पर्यटकहरुले मात्र पैसा तिर्दै आएकोमा अब नेपाली पर्यटकहरुले पनि पैसा तिर्नुपर्ने भएको छ ।

          

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रधान कार्यलय पोखराको निर्देशन अनुसार मनाङ जिल्लामा पनि बाह्य तथा आन्तरिक पर्यटकलाई समेत (ईन्ट्री परमिट) प्रवेश शुल्क तिर्नु पर्ने भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण शाखा कार्यालय मनाङका कृषि सहयोगी ओम बहादुर गुरुङले बताए । यहि २०७५ असोज २९ गतेबाट यस्तो नियम लागू हुने गरि इन्ट्री परमिट उठाउन थालिएको गुरुङले बताए ।

कस्ले कति तिर्नु पर्छ त प्रवेश शुल्क ?

सार्क राष्ट्रका पर्यटकहरुको हकमा भ्याट सहित एक हजार रुपैँया लाग्ने छ । अन्य बाहिरि देशका पर्यटकहरुलाई भ्याट सहित तिन हजार रुपैँया लाग्ने छ । नेपाली ट्रेर्कस तथा घुम्न आउने नेपालीहरुलाई भ्याट सहित एक सय रुपैँया लाग्ने छ ।

प्रवेश शुल्क कहाँ कहाँ बुझउने त ?

मनाङ जिल्ला घुम्न आउने पर्यटकहरुले प्रवेश शुल्क नेपाल पर्यटकन बोर्ड काठमाडौ भृकुटीमण्डल काठमाडौ,नेपाल पर्यटकन बोर्ड डयामसाईड पोखरा र प्रवेश शुल्क काउन्टर त्रिबेन टोल लम्जुङ्ग बेशिसहर यी तिन ठाउँमा प्रवेश शुल्क बुझउन पर्ने गरि २०७५ असोज २९ गतेको सुचना प्रकाशन गरिएको हो । यदि माथी उल्लेखित स्थानहरुमा प्रबेश शुल्क नतिरिकन मनाङ प्रवेश गरेमा मनाङ जिल्लाको नासोँ गाउँपालिका धारापानीमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चेक जाच शाखा कार्यालयमा पर्यटक प्रवेश शुल्क तिर्नुपर्ने छ ।

मनाङ जिल्लामा आएर प्रवेश शुल्क तिर्नु परेमा सय प्रतिशत जरिबाना लाग्ने नियम रहेको छ । जस्तै सार्क राष्ट्रका पर्यटकहरुलाई एक हजार रुपैँया शुल्क लाग्नेमा दुई हजार रुपैँया लाग्ने छ । अन्य बिदेशी पर्यटकहरुको हकमा तिन हजार रुपैँया लाग्नेमा जरिवाना सहित छ हजार रुपैँया लाग्ने र नेपाली पर्यटकहरुलाई एक सय रुपैँया लाग्नेमा जरिवाना सहित दुई सय रुपैँया लाग्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण शाखा कार्यालय मनाङका कृषि सहयोगी ओम बहादुर गुरुङले बताए ।

Check Also

स्कुटरले ठक्कर दिँदा पोखरामा एक पैदल यात्री घाइते

मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । …