Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » पोखरामा बिहिबार मिनी सडक महोत्सव हुने

पोखरामा बिहिबार मिनी सडक महोत्सव हुने

९ असोज,पोखरा । पोखरामा विहिवार मिनी सडक महोत्सव हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराको आयोजनामा विश्व पर्यटन दिवसका दिन एक दिने मिनी सडक महोत्सव हुने भएको हो ।

मंगलबार आयोजीय पत्रकार सम्मेलनमा सडक महोत्सव बाराही चोकदेखि खहरेचोकसम्म हुने जानकारी गराईएको थियो । उक्त महोत्सव साँझ ५ः०० बजेदेखि सुरु हुने महोत्सव संयोजक लक्ष्मण बरालले जानकारी दिए ।

महोत्सवमा विभिन्न देशका खानाका परिकार सडकमा नै उपलब्ध हुने छ । नेपालका विभिन्न जातीय तथा धार्मिक संस्कृति झल्कने सांस्कृतिक नृत्य प्रदर्शनी,वृत्तचित्रको प्रदर्शनी,सडकमै मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुतिका साथ मिनी सडक महोत्सव आयोजना हुने आयोजकले जनाएको छ । सेप्टेम्वर २७ का दिन मनाईने विश्व पर्यटन दिवसमा पञ्चेबाजा,गन्धर्व गायन प्रस्तुती पनि प्रस्तुत हुने छन् ।

Check Also

तनहुँका सांसद श्रेष्ठद्वारा विद्यालयमा अक्षयकोष स्थापना

दमौली, २ पुस । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठले तनहुँको एक सामुदायिक विद्यालयमा …