Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
मोहम्मद सालह लगातार दोस्रो वर्ष बने अफ्रिकन वर्ष फुटबलर – BIG FM 101.2 MHz

Breaking News
Home » खेलकुद » मोहम्मद सालह लगातार दोस्रो वर्ष बने अफ्रिकन वर्ष फुटबलर

मोहम्मद सालह लगातार दोस्रो वर्ष बने अफ्रिकन वर्ष फुटबलर

२९ मंसिर, काठमाडौं । इजिप्ट तथा लिभरपुलका फरवार्ड मोहम्मद सालहले लगातार दोस्रो वर्ष अफ्रिकन फुटबलर अफ द इयर अवार्ड जितेका छन् । बेलायती सञ्चार संस्था बिबिसीले हरेक वर्ष प्रदान गर्दै आएको बिबिसी अफ्रिकन फुटबलर अफ द इयरका लागि अन्तिम मनोनयनमा परेका खेलाडीबाट उनले अवार्ड जितेका हुन् ।

गएको वर्ष पनि सालहले नै अवार्ड जितेका थिए । सालहले यो वर्ष अन्तिम पाँचमा परेका मध्ये मोरक्कोका मेदी बेनेसा, सेनेगलका केलिडु कुलिबेली, सेनेगलकै साडिओ माने र घानाका थोमस पार्टीलाई पछि पारेका हुन् । साहलले मतका आधारमा चार खेलाडीलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

बिबिसी वर्ल्ड न्युजमा शुक्रबार भएको विशेष कार्यक्रममा विजेताको घोषणा गरिएको हो । मनोनयनमा परेका खेलाडीबाट अन्तिम चरणका लागि पाँच खेलाडीको छनौट अफ्रिकी फुटबलका विशेषज्ञको प्यानलले गरेका थिए । गएको सिजन सालहले लिभरपुलबाट ५२ खेलमा ४४ गोल गरेका थिए ।

Check Also

पोखरा फुटबल रंगशालाको काम बल्ल अघि बढ्ने भो, कभर्डहल १५ महिनामा सक्नुपर्नेमा ५ वर्ष लगाउने कम्पनीलाई नै जिम्मा !

पोखरा । लामो समय देखि प्रतिक्षारत पोखरा फुटबल रंगशालाको काम अघि बढने भएको छ । …