Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » मैले आलोचना गर्छु तर आलोचना विरोध होईन सुझाव हो:मुख्यमन्त्री गुरुङ

मैले आलोचना गर्छु तर आलोचना विरोध होईन सुझाव हो:मुख्यमन्त्री गुरुङ

विशन क्षेत्री/पोखरा,भदौ २४ । संघ सरकारप्रति सधैँ आक्रोश व्यक्त गरिरहने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त्यसलाई विरोधका रुपमा नलिन आग्रह गरेका छन् । एउटै सरकारका प्रधानमन्त्री र मुख्यमन्त्रीलाई एकअर्काको विरोधीको रुपमा चित्रित गरिनु गलत भएकोमा उनले असन्तुष्टि समेत जनाए ।

‘विरोध र आलोचना फरक कुरा हुन्, मैले आलोचना गर्ने गर्दछु, आलोचना विरोध होईन सुझाव हो,’ मुख्यमन्त्री गुरुङले भने, ‘आवश्यक कुराहरुको विषयमा मैले जायज कुरा उठान गरेको हुँ ।’तर, आलोचनाको शैली फरक भएको कुरा भने उनी स्विकार्छन् । ‘मैले एउटा निश्चित ठाउँमा बोल्नुपथ्र्यो होला, तर बोल्ने ठाउँ नै नपाएपछि बाहिर बोल्नुको विकल्प पनि त रहेन ।’ उनले भने ।

प्रदेशको समस्यालाई कतिपय व्यक्ति र प्रधानमन्त्री निकटका व्यक्ति तथा केन्द्रका केही मन्त्रीहरुको फरक मानसिकताले नै प्रदेश र संघबिचको दुरी बढाउने काम गरेको उनले बताए ।‘मेरो राजनीति नै सत्य, तथ्य, साँचो कुरा सबैलाई बताउनुपर्छ भन्ने ठाउँबाट हुकेको हुँ । नीति निर्माणमा कमी कमजोरी भएमा नेतालाई नै भन्न डराउनुहन्न भन्ने स्कुलबाट हुर्केको हुँ । मुख्यमन्त्री हुँदा बित्तिकै मैले सबैकुरा छाडनुपर्छ भन्ने हुँदैन् । यो कुरा सही छ जस्तो लाग्छ । कहिलेकाँही कतिपयले के भजाउँदा र सुनाउँदा रहेछन् भने तेरो मान्छे, तिम्रै गुटको मान्छे भन्छ, तर केपी ओलीको नजिकको मान्छे भएर पनि ओलीको मात्र विरोध गर्छ भनेर भन्दा रहेछन् मलाई । अनि मलाई शैली बदल्नुपर्छ भन्ने रहेछन् ।’ उनले थपे, ‘शैली बदल्न त्यतिखेर आवश्यक छ, जतिखेर भित्र बोल्नुपर्ने कुरा बाहिर भनेको छ भने त्यो भित्र भनौला, संस्थागत भन्नुपर्ने छ भने संस्थागत रुपमा भनुला । शैलीमा फरक होला, तर, मैले जुन तरिका अपनाएको छु, त्यो गलत छैन ।’

संघ र प्रदेशबिच तथा प्रदेश–प्रदेश बिच उत्पन्न राजनीतिक विवाद समाधान गर्न संविधानले व्यवस्था गरेको अन्तर परिषद बैठकमा समयमा नै नहुनुको कारण पनि सार्वजनिक रुपमा बोल्नुपरेको उनको भनाई छ । प्रधानमन्त्री आसपासमा रहने सल्लाहकारको टोली र संघका केही मन्त्रीहरुको संघीयताप्रतिको पुरानो मानसिकताका कारण पनि संघ र प्रदेशबिचको अवस्था असहज बनेको उनको ठहर छ ।यसको समाधान के त भन्ने प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीसँग निजी, स्वकीय सचिवालय छ । प्रधानमन्त्री कार्यालय नै छ, प्रधानमन्त्रीका सल्लाहकार छन् । उनीहरुको ध्यान प्रधानमन्त्रीको पहुँच प्रदेशका मुख्यमन्त्री, स्थानीय तहका नेतासँग पु¥याइदिनुतिर हुनुपर्छ । त्यसका लागि बढी समय दिनुपर्छ । मुख्यमन्त्रीलाइ बढी समय दिनुपर्छ । तर, यस्ता कुरामा ध्यान दिएको देखिएको छैन । त्यसैमा मेरो आलोचना हो ।’

आफु लोकप्रियताको लागि नभई वास्तविक समस्या समाधान होस भनेर अभिव्यक्ति दिएको गुरुङको भनाई छ । ‘म कुनै लोकप्रियता हासिल गर्न बोलेको होईन्, वास्तविक समस्याको विषयमा बोलेको हुँ । तर, मेरो यही कुरालाई कुनै तत्वले नकारात्मक रुपमा प्रचार गरिरहेको छ । प्रधानमन्त्री पहुँचयुक्त हुनुपर्छ । औपचारिक वा अनौपचारिक रुपमा नै प्रधानमन्त्रीसमक्ष हाम्रो पहुँच पुगे यो समस्या नै आउँदैन ।’
संविधानले संघीयताको परिकल्पना गरेर संघीयता आईसकेपछि पनि प्रदेशसँग एक्लै काम गर्ने अधिकार नभएको गुरुङले बताए ।

‘जसरी पनि कुरा संघमा नै ठोकिन्छ, किनकि हाम्रो संविधानले ढोकाको चाबी संघलाई नै सुम्पिएको छ, त्यो ढोका समयमा नै नखोलेपछि आलोचना स्वतः संघ सरकारकै हुन्छ,’ उनले थपे, ‘हामी संघीयतामा आईसकेपछि त्यसको सफलताको जिम्मा प्रदेशलाई दिईएको छ र सफलता मापनको कडी पनि प्रदेश नै हो, तर प्रदेशले जुन मात्रामा गति लिनुपथ्र्यो त्यो लिन सकेको छैन्, यसैको लागि घच्घच्याउन मैले सुझाव दिएको हुँ, यो कुनै विरोध होईन् ।’संघीय सरकार बलियो नहुँदा हामीले पनि प्रदेशलाई व्यवस्थापन गर्न सक्दैनौ ।

संघीय सरकारकै हातमा धेरै कुरा छन् । त्यसैले संघीय सरकार बलियो हुनका लागि प्रदेश सरकार पनि बलियो हुनुपर्छ । दुई सरकार बलियो भएमा मात्र स्थानीय तह पनि बलियो हुन्छन र काम गर्न सक्छन् । अनि बल्ल मुलुक नै बलियो हुन्छ ।कर संकलन, कर्मचारी समायोजन, शान्ति सुरक्षाको जिम्मा प्रदेशलाई दिएर मात्रै समृद्ध नेपाल सुखी नेपालीको अभियान अगाडि बढाउन सकिने उनले बताए ।

FILE PHOTO

Check Also

आजबाट पोखरा विमानस्थल ३ बजे पछि १५ दिनका लागि बन्द

पोखरा, २ मंसिर । पोखरा विमानस्थलको धावन मार्ग मर्मतका लागि आइतबार देखी दैनिक १५ घण्टा विमानस्थल बन्द …