Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
म्याग्दीका वन अधिकृत ठाकुर विरुद्ध भ्रष्टाचार मुद्दा दायर – BIG FM 101.2 MHz

Breaking News
Home » स्थानीय » म्याग्दीका वन अधिकृत ठाकुर विरुद्ध भ्रष्टाचार मुद्दा दायर

म्याग्दीका वन अधिकृत ठाकुर विरुद्ध भ्रष्टाचार मुद्दा दायर

२४ पौष,म्याग्दी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय म्याग्दी अन्तर्गतको सवडिभिजन वन कार्यालय मंगलाघाटमा कार्यरत वन अधिकृत राजकुमार ठाकुरलाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । उनीसँग ३३ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । अख्तियारले मंगलबार दायर गरेको मुद्दामा जरिवाना र सजाय दुवै माग गरिएको हो ।

ठाकुरले वन कार्यालयमा पर्न आएको काठ कटानी सम्बन्धी मुद्दा मिलाइदिने भनी सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारले उनी माथि निगरानी बढाएको थियो । पोखरास्थित अख्तियारको कार्यालयबाट खटिएको एक टोलीले सेवाग्राहीबाट ३३ हजार घुस लिइसकेको अवस्थामा केही दिन अघि उनलाई पक्राउ गरेको थियो । नियन्त्रणमा लिई अनुसन्धान गर्दा वन अधिकृत ठाकुरले घुस लिएको पुष्टी भएपछि अख्तियारले मंगलबार उनी माथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

FILE PHOTO

Check Also

ढुंगेसाँघु मेलामा महिलाको गलाबाट सिक्री तानेर भाग्न खोज्ने दुई पक्राउ

१ माघ,पोखरा । पोखराको ढुंगेसाँघु मेला हेर्न हेर्न आएका महिलाको गलाबाट सिक्री तानेर भाग्न खोज्ने दुई जनालाई …