Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » ‘नाका’को पोस्टर कथा : ‘कमिक्स’ शैलीमा फिल्मको खिचाई

‘नाका’को पोस्टर कथा : ‘कमिक्स’ शैलीमा फिल्मको खिचाई

रेम बिक
पोखरा, १४ फागुन । फिल्म ‘नाका’को पोस्टर सामान्यतया अन्य नेपाली फिल्मको तुलनामा केहि फरक छ । खासगरि फिल्मको पोस्टरमा फिल्मका मूख्य पात्रलाई देखाईने चलन छ । तर ‘नाका’को पोस्टरमा एउटा ‘स्केच’लाई बढि फोकस गरिएको छ ।

दर्शकले यसलाई खासै औँल्याएका नहुन सक्छन् । यो ‘पोस्टर’ फिल्म फ्लोरमा जानुभन्दा अगाडि नै तयार पारिएको हो । र, यसको एउटा विशेष कारण छ ।

‘नाका’का मूख्य अभिनेता विपिन कार्कीले यो कारण खुलाएका छन् । केहि दिन अगाडि पोखरामा फिल्मले प्रचारात्मक पत्रकार सम्मेलन गरेको थियो । सोहि समयमा फिल्मको पोस्टरसम्बन्धि जिज्ञाशा पनि आएको थियो । खासगरि फिल्मको पोस्टरमा किन स्केचलाई प्राथमिकता दिईयो भन्ने प्रश्नमा अभिनेता विपिनले भने -‘यसको खास कारण छ । खासमा हामीले फिल्मको छायाँकन शैली नै कमिक्स शैलीमा गरेका छौँ । दर्शकलाई फिल्म हेर्दा कमिक्स बुकमा चित्रहरु हेरे जस्तै फिल गराउने हाम्रो अपेक्षा हो ।’

सामान्यतया अन्तराष्ट्रियस्तरमा यो खाले प्रयोग नभएको होईन । सम्भवत कमिक्सको शैलीमा फिल्म नै खिचिएको नेपालमा पहिलो हुनुपर्छ ।

साथै उनले पात्रको विविधता व्यक्तिको तस्विरबाट भन्दा उसको स्केचबाट अझै बढि भन्न सकिने भएकोले पनि पोस्टरमा कार्टुनलाई प्राथमिकता दिएको बताए ।

फिल्मको पोस्टर र छायाँकन शैलीसँगै यो फिल्ममा नेपाली दर्शकले नयाँ स्वाद पाउने थुप्रै चिजहरु भएको उनले दाबी गरे । ‘यो फिल्मको कथा नै विल्कुलै नौलो छ । तिब्बतबाट नेपाल हुँदै भारतसम्म जाने यात्री र ती यात्रीहरुलाई बाटो पार गराउने विचौलियाको कथा हो । नेपाल र चिनको नाका मानिने तातोपानी क्षेत्र पनि नेपाली दर्शकका लागि नौलो लोकेशन हुने हामीले विश्वास लिएका छौँ ।’ विपिनले भने -‘यो फिल्ममा सबैजनाले निकै मेहेनत गरेकाले पनि फिल्म राम्रो बनेको छ । दर्शकलाई शायद फिल्म मन पर्छ ।’

विपिनले आफु यो फिल्मबाट निकै आशाबादी रहेको सुनाए । हाइलाइट्स नेपालसँगको सहकार्यमा मिडिया पोर्ट प्रोडक्शनले निर्माण गरेको फिल्ममा विपिनसँगै थिन्ले ल्हामो, रोबिन तामांग, शिव मुखिया लगाएतका कलाकारहरुको अभिनय रहेको छ । अमित श्रेष्ठको निर्देशनमा बनेको फिल्म नाका फागुन १७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

Check Also

अभिनेता तथा निर्देशक बुढाथोकीलाई वर्षसम्मान

बिग न्यूज काठमाण्डौ, ३० बैशाख । अभिनेता तथा निर्देशक आदित्य बुढाथोकीलाई नाट्य संस्था महासंघ (फेटो) …