Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » गण्डकीमा बन्ने भयो ५ सय नमुना कृषि गाउँ

गण्डकीमा बन्ने भयो ५ सय नमुना कृषि गाउँ

मंसिर १९,पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा ५ सय वटा मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । तत्काल नै प्रदेशका सबै ३६ वटै निर्वाचन क्षेत्रमा यो कार्यक्रम थालनी गर्ने र पछि यसलाई विस्तार गरि ५ सयसम्म बनाएर नमुना प्रदेश बनाउने उनले उद्धोष गरे । गण्डकी प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रममा पनि यसलाई समावेश गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यो योजना कार्यान्वयन बनेको कार्यविधी माथि प्रदेशका मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यहरुसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सोही कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले भने, ‘ग्रामीण गरिबी निवारण, स्वरोजगार, आर्थिक उन्नती, उत्पादन र उत्पादकत्व वृद्धि गर्न यो कार्यक्रम ल्याईएको हो, यसको फाईदा व्यक्तिलाई भन्दा पनि कार्यक्रम सञ्चालित क्षेत्रको समुदायलाई हुनेछ ।’चर्चामा आउन नभई प्रदेश सरकारले आर्थिक उन्नतीमार्फत समृद्धि हासिल गर्न कार्यक्रम ल्याएको उनले प्रष्ट्याए । ‘अहिले गाउँहरु खाली हुँदै गईरहेका छन्, शहरकेन्द्रित बसोबास बढ्दो छ, यो कार्यक्रमले शहरकेन्द्रित बसोबारलाई रोक्न नसक्ला तर न्यूनीकरण भने गर्छ, मान्छे शहरमै बसेतापनि कृषिको कुनै योजनामा उसले गाउँमा नै लगानी गर्छ, चाहे त्यो फलफुल खेती होस् वा अन्य कुनै ।’ उनले भने, ‘बाँझो जमिनलाई लिज वा चक्लाबन्दीका आधारमा लिएर उत्पादनमार्फत योगदान पु¥याउन सकिन्छ ।’

प्रदेश सरकारले पहिलोपटक परिक्षण स्वरुप कार्यक्रम थालनी गर्न लागेको उनले बताए । यो कार्यक्रममा बढिभन्दा बढि महिला तथा दलितलाई समावेश गराईने उनले जनाए । यो कार्यक्रमले किसानहरुलाई प्रविधी हस्तान्तरण गरि उत्पादन वृद्धि गर्ने उनले अपेक्षा व्यक्त गरे । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रममार्फत उत्पादन भएका कृषिजन्य पदार्थको उत्पादनलाई स्थानीय सरकारसँग समन्वय गरेर भण्डारण र बजारीकरण गर्ने उनले बताए । उनले भने, ‘यो कार्यक्रममा बिचौलिया खेल्न नपाउने गरि बजार व्यवस्थापन हुन्छ, प्रदेश सरकार, प्रदेशसभा सदस्य, स्थानीय तहहरु मिलेर बजार व्यवस्थापनलाई चुस्त बनाईनेछ ।’

यस्तै, उनले प्रदेशमा गण्डकी विश्वविद्यालय खोल्ने बताएका छन् । ‘हाम्रो रिसर्च र ईनोभेसन बिनाको डेभलपमेन्ट छ, यसले प्रतिफल दिन सक्दैन्, तसर्थ हामीले रिसर्च ओरिन्टेड विश्वविद्यालयको अवधारणा अनुसार नयाँ विश्वविद्यालय खोल्ने सोचेका छौँ, यसमा अध्ययन गर्ने विद्यार्थीलाई पनि कृषिमा लगाउन सकिने ,अनुसन्धानलाई बढि प्राथमिकता दिने र कृषि क्षेत्र बाहेक वन लगायतका क्षेत्रमा पनि अध्ययन गर्न सकिने गरि अध्ययन केन्द्र बनाउन सकिन्छ ।’ उनले भने ।

Check Also

स्कुटरले ठक्कर दिँदा पोखरामा एक पैदल यात्री घाइते

मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । …