Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » पोखरामा ‘बुधबारेमा फ्लप मंगलबारेमा हिट’

पोखरामा ‘बुधबारेमा फ्लप मंगलबारेमा हिट’

बिग न्यूज
पोखरा, १५ असोज । पोखरामा नाटक ‘बुधबारेमा फ्लप, मंगलबारेमा हिट’ मञ्चन हुने भएको छ । पोखरा थिएटरद्वारा संचालित ‘गन्धर्व नाटकघर’मा असोज १७ र १८ गते दुई दिन मात्रै यो नाटक मञ्चन हुनेछ ।

वन वल्ड थिएटरको प्रस्तुतीमा निर्माण गरिएको यो नाटक ‘बार्षिक नाट्य यात्रा २०७५’ अन्र्तगत पोखरा थिएटरमा मञ्चन हुन लागेको हो । स्थानियस्तरमा पोखरा थिएटरले यो नाटकको व्यवस्थापनको जिम्मा लिएको छ ।

राजकुमार पुडासैनीको परिकल्पनामा तयार भएको नाटकलाई उमा सुवेदीले लिपीबद्ध गरेकी हुन् । नाटकको निर्देशन भने पुडासैनी आफै गर्दैछन् । नाटकमा राजकुमार पुडासैनी सहित कमलमणी नेपाल, लुनिभा तुलाधर, रेनु योगी, सुरज तमु, आलोक थामी, हाना नगरकोटी, रोशनी स्याङो, सन्दीप श्रेष्ठ, अर्मत दाहाल, दामोदर खतिवडा लगाएतको अभिनय रहनेछ । रंगमञ्चकै कलाकारहरुको पीडा यो नाटकको मूख्य विषयवस्तु हो ।

पोखरामा हुने नाटक मञ्चनको सम्पूर्ण तयारी पुरा भएको पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जनाए ।

Check Also

पोखरामा ‘सुवास द एक्रो पाइलट’को प्रदर्शन

रेम बिक पोखरा, २८ असोज । ‘एक्रो प्यारापाइलट’ सुवास थापाको बारेमा निर्माण गरिएको डकुमेन्ट्री ‘सुवास …