Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » नवलपरासीमा मोटरसाइकलको ठक्करले साइकल यात्री घाइते

नवलपरासीमा मोटरसाइकलको ठक्करले साइकल यात्री घाइते

मंसिर १८,नवलपरासी । नवलपरासीमा मोटरसाइकलको ठक्करले साइकल यात्री घाइते भएका छन् । घाइते हुनेमा गैँडाकोट नगरपालिका १० का ४० बर्षिय बालकृष्ण परियार रहेका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत संगम चोकमा ना ४६ प ४२६३ न.को मोटरसाईकलले बाटो काट्ने क्रममा साईकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी घाइते भएका परियारलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ । मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Check Also

स्कुटरले ठक्कर दिँदा पोखरामा एक पैदल यात्री घाइते

मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । …