Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद » नेइमारको खुट्टा भाँचियो, केहि समय फुटबल खेल्न नसक्ने

नेइमारको खुट्टा भाँचियो, केहि समय फुटबल खेल्न नसक्ने

बिग खबर
पोखरा, १५ फागुन । चर्चित फुटबल खेलाडी नेइमारको खुट्टाको हड्डी भाँचिएको छ । खुट्टाको हड्डी भाँचिएपछि नेइमार केही सयम मैदानबाट टाढा हुने भएका छन् ।

फ्रेन्च फुटबल क्लव पेरिस सेन्ट जर्मेन पिएसजीबाट व्यावसायीक फुटबल खेल्दै आएका नेइमारले रियाल मड्रिड विरुद्ध च्याम्पियन्स लिग प्रि क्वाटरफाइनलको दोस्रो लेगको खेल गुमाउने भएका छन् ।

फ्रेन्च लिगको क्रममा मार्से विरुद्ध १–० ले विजयी भएको खेलमा नेईमारको खुट्टामा चोट लागेपछि उनलाई मैदानबाट बाहिर निकालिएको थियो ।

पछि उपचारको क्रममा उनको खुट्टाको हड्डी मेटाटार्सल भाँचिएको र कुर्कच्चाको हड्डीमा समेत चोट लागेको भेटिएको छ ।

नेईमार कहिले मैदानमा फर्कन सक्छन् भन्नेबारे क्लबले आधिकारीक रुपमा केही बताएको छैन ।

Check Also

पोखरामा ‘सुवास द एक्रो पाइलट’को प्रदर्शन

रेम बिक पोखरा, २८ असोज । ‘एक्रो प्यारापाइलट’ सुवास थापाको बारेमा निर्माण गरिएको डकुमेन्ट्री ‘सुवास …