Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » नवगठित नेविसंघ कास्कीको पहिलो निर्णय : ‘तत्काल क्षेत्रीय अधिवेशन र करको विरोधमा प्रदर्शन’

नवगठित नेविसंघ कास्कीको पहिलो निर्णय : ‘तत्काल क्षेत्रीय अधिवेशन र करको विरोधमा प्रदर्शन’

बिग न्यूज
पोखरा, ३ भदौ । नेपाल विद्यार्थी संघ कास्कीको वैधानिक कार्यसमिति दाबी गर्दै सभापति विकास थापा नेतृत्वको कार्यसमितिले कार्यसम्पादन शुरु गरेको छ ।

सभापतिको रुपमा थापाले आईतबार चिप्लेढुंगास्थित नेपाली काँगे्रसको पार्टी कार्यालयमा पहिलो बैठक डाके । नेविसंघका केन्द्रिय सभापति नयनसिंह महरले कास्कीको नेतृत्व दिएसंगै थापाले नेपाली काँग्रेस सम्बद्ध थुप्रै विद्यार्थी नेताहरुलाई आफ्नो कार्यसमितिमा समेटेका छन् । उनले बैठक आह्वान गर्दै ४१ सदस्यीय कार्यसमिति समेत सार्वजनिक गरे ।

उनले कास्कीमा रहेका ३ वटै क्षेत्रमा समेत नेविसंघको नेतृत्व तोकेको बैठकको क्रममा जानकारी दिए । उनले क्षेत्र नम्बर १ मा सागर रानाभाट, २ मा सन्देश पराजुली र ३ मा महादेव गिरीलाई नेविसंघको क्षेत्रीय सभापतिको रुपमा चयन गरिएको बैठकमा जानकारी गराएका थिए । साथै उनले एक महिनाभित्रमा आ–आफ्नो क्षेत्रमा अधिवेशन बोलाउन क्षेत्रीय सभापतिहरुलाई निर्देशन समेत दिएका छन् ।

आईतबार भएको पहिलो बैठकमा नेविसंघका केन्द्रिय सहमहामन्त्री लक्ष्मीभक्त खनालले थापा नेतृत्वको नेविसंघको जिल्ला कार्यसमितिलाई बधाई दिए ।

त्यस्तै नेविसंघ कास्कीका पुर्व संयोजक तथा नेपाली काँग्रेसका नेता सुवास कोईरालाले कास्की नेविसंघमा देखिँदै आएको खिचातानी नयाँ टिम आएसँग सकिने विश्वास व्यक्त गरे । ‘पार्टीभित्रै एकले अर्कालाई साथ र सहयोग गर्दै जाने हो । यो टिमलाई पनि धेरैले अनेकथरी दबाब दिन सक्छन् । तर वैधानिकता पाएको यो टिम कुनै खाले दबाबसँग नडराओस् ।’ कोईरालाले भने । कोईरालाले कास्कीको नेविसंघमा रहेको बेथिती हटाउन विकास थापासहितको टोली अब्बल हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेविसंघका केन्द्रिय सदस्य गोपाल गुरुङ, देवकृष्ण पराजुली, नेविसंघ कास्कीका पुर्व वरिष्ठ उपाध्यक्ष तारानाथ अधिकारी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा नवगठित कार्यसमितिका सचिव सँघर्ष कोईरालाले स्वागत गरेका थिए भने अर्का सचिव राजेन्द्र क्षेत्रीले कार्यक्रम संचालन गरेका थिए ।

त्यसैगरि आईतबार बसेको नवगठित नेविसंघ कास्कीको पहिलो बैठकले आगामी ५ गते सरकारले लगाएको जथाभावी करको विरोध गर्दै पोखरा महानगरपालिका परिसरमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

Check Also

आजबाट पोखरा विमानस्थल ३ बजे पछि १५ दिनका लागि बन्द

पोखरा, २ मंसिर । पोखरा विमानस्थलको धावन मार्ग मर्मतका लागि आइतबार देखी दैनिक १५ घण्टा विमानस्थल बन्द …