Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » नेकपाको बन्दले पोखरा ठप्प,एक ठाउँमा भेटियो शंकास्पद वस्तु

नेकपाको बन्दले पोखरा ठप्प,एक ठाउँमा भेटियो शंकास्पद वस्तु

पोखरा, साउन २९ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको असर पोखरामा पनि असर देखा परेको छ । केही फाट्टफुट्ट मोटरसाईकल र अत्यावश्यक गाडीहरु बाहेक सार्वजनिक यातायात ठप्प छ । पसलहरु भने बन्द नै रहेका छन्  ।
विप्लवको बन्दले स्कुल तथा कलेजहरु पनि बन्द छन् भने पोखरा सुनसान छ । आजै गुरुङहरुको महान चाड ट्होंटे पर्व भएकोले बन्द फिर्ता लिन आग्रह गरिएपनि फिर्ता भएन । नेकपाका प्रबक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड) लाई पक्राउ गरिएको आक्रोसमा आज नेपाल बन्द घोषणा गरिएको हो ।
प्रकाण्डको रिहाई नभएसम्म आन्दोलन चलिरहने नेत्र विक्रम चन्द विप्लवले जनाएको छ ।

यसैबीच तालचोकको धर्मकाँटामा शंकास्पद वस्तु फेला परेको र आर्मीको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्र।ना।उ।रविन्द्रमान गुरुङले बिग.एफ.एमलाई जानकारी दिएका छन् ।

 नेपालका अन्य ठाउँमा हालसम्मका घटनाक्रम
धनगढी

बजार बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टी ९नेकपा० का १ नेतालाई मंगलवार कैलालीको सुखडबाट पक्राउ गरिएको छ ।

विराटनगर 

झापाको गौरदह नगरपालिका–७ मा मंगलवार बिहान बम बिस्फोट भएको छ ।वडा अध्यक्ष बलराम खरेलका अनुसार बिहान ठूलो आवाजमा बिस्फोट भएको बम कार्यालयदेखि ५ सय मिटर मात्र टाढा रहेको थियो ।बिस्फोटले कुनै मानवीय क्षति नभएपनि कार्यालयको झ्यालको सिसा फुटेको खरेलले जानकारी दिए । दमक नगरपालिकामा २ जना विप्लव नेकपाका कार्यकर्ता पक्राउ परेका छन् ।

स्कुल बसमा आगजनी
बन्दकर्ताले मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ। मंगलबार बिहान ६ बजे बसमा आगजनी भएको छ। काठमाडौं लैजादै गरेको बसमा आगजनी भएको हो।

बुटवल

भारतीय पेन्सन क्याम्पको शौचालयम बिष्फोट भएको छ।

चितवन

भरतपुरस्थित रिजाल चोकमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले निष्कृय तुल्याएको छ ।बिहान ९ः१५ मा सडकमा भेटिएको शंकास्पद बस्तु सेनाको टोलीले निष्कृय तुल्याएको हो ।

कैलाली

बजार बन्द गराउँदै हिँडेका एकजनालाई कैलालीमा प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय सुखडले बजार बन्द गराउदै हिँडेका नेत्र विक्रम चन्द (विप्लव) समूहका सुखड इन्चार्ज छविलाल वलीलाई पक्राउ गरेको हो ।

FILE PHOTO

Check Also

तनहुँमा बस र माइक्रो ठोक्किँदा दुई जनाको मृत्यु,९ जना घाइते

तनहुँ, ९ असोज। बस र माइक्रोबस आपसमा ठोक्किँदा तनहुँमा दुई जनाको मृत्यु भएको छ ।पृथ्वीराजमार्ग …