Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » नेपाल-चीन आवतजावत बन्द
rf/ 6of+s/ s]?ª k|j]z g]kfnnfO{ rLg ;/sf/n] pknAw u/fpg] k]6«f]lnod kbfy{ lng zlgaf/ rf/ g]kfnL 6of+s/ /;'jfu9L gfsfaf6 s]?ª k|j]z ub}{ . tl:a/ M 1fg]Gb| Gof}kfg], /;'jf, /f;;

नेपाल-चीन आवतजावत बन्द

रसुवा,१३ साउन । रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ ।ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पुर्‍याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ ।प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकद्वारा आजबाट अध्ययन कार्य शुरु गरिएको छ ।

गत शुक्रबारको अविरल वर्षाले घट्टेखोलामा बेजोडसँग पानीको बहाव बढेपछि दक्षिणतर्फको पुलको जग क्षति पुर्‍याएको स्थानीयवासीले बताए ।सवारीसाधन नगुडेपछि भन्सार राजश्वमा दैनिक रु एक करोड घाटा हुन गएको भन्सार कार्यालयले जनाएको छ ।

चीन सरकारद्वारा निर्माण गरिएको उक्त पुल क्षतिको स्थानमा सडक विभागका प्रतिनिधिले जगको गहिराइ कति छ चिनियाँ प्राविधिकसँग पनि समन्वय गरी पाँच दिनभित्र गल्छी रसुवागढी राजमार्गको सिधा यातायात सञ्चालन गर्ने लक्ष्य लिएको प्रजिअ पौडेलले बताए ।

FILE PHOTO

Check Also

दशैको पिङ्ग लोपको संघारमा(हेयौँ फोटो फिचर)

अशोक विश्वकर्मा पोखरा, कार्तिक ११ दशै भन्ने बित्तिकै झट्ट मानसपटलमा पिङ्गको झल्को नेपालीहरुमा आइहाल्छ । …