Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » आकाश र आँचलको डार्क प्रेमकथा ‘ब्ल्याक’ शुक्रबार देखी प्रदर्शनीमा

आकाश र आँचलको डार्क प्रेमकथा ‘ब्ल्याक’ शुक्रबार देखी प्रदर्शनीमा

२५ साउन,पोखरा ।नेपाली चलचित्र ब्ल्याक आउँदो भदौ १ गतेबाट देशै भर प्रदर्शनीमा आउने भएको छ । विशुद्द रुपमा प्रेम कथामा आधारीत चलचित्रमा युवा पुस्तामा हुने घटनाहरु लाई देखाउन खोजीएको र डार्क प्रेम कथाको रुपमा पनि हेर्न सकिने चलचित्र निर्देशक प्रदिप श्रेष्ठले जानकारी दिए ।

आशा पाण्डेले निर्माण गरेको चलचित्र ब्ल्याकको प्रचारप्रसारमा पाण्डे सहित पोखरा आएको टोलीले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी दिएको हो ।

‘चलचित्रले जिन्दगीका रंगहरुको ब्याख्या गरेको छ, निर्देशक श्रेष्ठले भने–‘जन्मदादेखिको संघर्ष र अन्त्यसम्मलाई यस चलचित्रको कथाले समेट्ने प्रयास गरेको छ ।’ जिन्दगीमा कालो रंगको भुमिका यसमा बढी चर्चा गरिएको उनले बताए । चलचित्रको मुख्य भूमिकामा आकाश श्रेष्ठ र आँचल शर्मा रहेका छन् ।पोखरा,उपल्लो मुस्ताङ, मुक्तिनाथ, स्याङजा, काठमाण्डौ र सिन्धुलीका केही स्थानमा छांयाङकन भएको निर्माण पक्षले जानकारी दिएको छ ।

‘सबैको जिन्दगीमा उतार चढाव आँउछ, निर्माता पाण्डेले भनिन्–‘उतार चढाव सामना गरेर अघि बढ्न चलचित्रले प्रेरणा दिन्छ । अघि बढ्न नसक्नेहरु डिप्रेसनमा जान सक्ने खालका पटकथाहरु चलचित्रमा समेटिएका छन्  ।

चलचित्रको गीत र ट्रेलर भने यस अघि नै सार्वजानिक भईसकेको छ ।

Check Also

तनहुँमा बस र माइक्रो ठोक्किँदा दुई जनाको मृत्यु,९ जना घाइते

तनहुँ, ९ असोज। बस र माइक्रोबस आपसमा ठोक्किँदा तनहुँमा दुई जनाको मृत्यु भएको छ ।पृथ्वीराजमार्ग …