Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » पोखरा दि भिलेजमा असोज ४ गते नेप्कम्स् ‘अष्ट्रेलिया एजुकेशन फेयर’

पोखरा दि भिलेजमा असोज ४ गते नेप्कम्स् ‘अष्ट्रेलिया एजुकेशन फेयर’

नेप्कम्स् सर्भिसेजले आगामी असोज ४ गते (सेम्टेम्बर २०) अष्ट्रेलिया एजुकेशन फेयर आयोजना गर्ने भएको छ । चिप्लेढुंगा स्थित दि भिलेज पोखरामा हुने सो फेयर उच्च शिक्षाका लागि आकर्षण गन्तव्य बनिरहेको अष्ट्रेलिया अध्ययन गर्न जाने सोचमा रहेका विद्यार्थीहरुको हितलाई मध्यनजर गर्दै आयोजना गरिएको हो ।

फेयरमा अष्ट्रेलियाका २० भन्दा बढि कलेज विश्वविद्यालयको स्टल रहनेछ । प्लस टु, व्याचलर र मास्टर तहको पढाई सकेर अष्ट्रेलियामा अध्ययनका लागि जाने क्रम बढिरहँदा विद्यार्थीलाई जानकारी हेतु कार्यक्रम गरिएको नेप्कम्स् पोखराका म्यानेजर सन्तोष शाहीले जानकारी गराए ।

“शैक्षिक मेलामा अष्ट्रेलियाको शैक्षिक अवस्था, विद्यार्थी अभिभावकको जिम्मेवारी, पढाई खर्च र पढ्ने विषय, कलेज तथा विश्वविद्यालयका बारेमा विशेष जानकारी उपलब्ध गराइनेछ ।” शाहीले भने– “फेयरले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहेका विद्यार्थी र अभिभावकहरुका लागि राम्रो अवसर उपलब्ध गराउने अपेक्षा लिएका छौं ।” यस मेलाको बैंकिङ्ग पार्टनर एनएम बि बैंक, आइएलटिस पार्टनरमा आइडिपि एजुकेशन, आइटि पार्टनरमा वर्डप्रेस पोखरा रहेका छन् ।

निशुल्क प्रवेशको व्यवस्था रहेको मेला विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालनमा रहने मेलामा आइएलटिएस रजिस्ट्रेशन को व्यवस्था छ । मेलामा भिजिट गर्ने विद्यार्थीहरुले आफ्नो शैक्षिक प्रमाणपत्रहरुका साथ उपस्थित भएमा छात्रवृतिको लागि समेत प्रोसेसिङ गरिने आयोजकले जनाएको छ ।

अभिभावकहरुलाई पर्ने आर्थिक भार कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर परामर्श दिन मेलामा एनएमबि बंैकको उपस्थिति रहने छ । साथै, मेलामा उपस्थित विद्यार्थीहरुको लागि विभिन्न डिस्काउण्ट कुपन, प्रिभिलेजकार्डको पनि व्यवस्था गरिएको छ । विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने क्रम बढिरहँदा विद्यार्थीसँगै अभिभावकहरुको जिम्मेवारी समेत उत्तिकै हुने हुँदा विद्यार्थी सँगसँगै अभिभावकहरुलाई फलदायी हुने शाहीले बताए ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको नेम्कम्स् सर्भिसेजको मेलवर्न, फिलिफिन्स, काठमाडौं, पोखरा, धरान र बुटवलमा पनि कार्यलय रहेको छ । पोखरामा सिद्धार्थचोकमा रहेको युनिस्टार एजुकेशन सँग नेप्कम्स् को सहकार्य रहेको छ ।

Check Also

तनहुँमा बस र माइक्रो ठोक्किँदा दुई जनाको मृत्यु,९ जना घाइते

तनहुँ, ९ असोज। बस र माइक्रोबस आपसमा ठोक्किँदा तनहुँमा दुई जनाको मृत्यु भएको छ ।पृथ्वीराजमार्ग …