Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » बाँदरको सुकुटी बेच्न पाईयोस

बाँदरको सुकुटी बेच्न पाईयोस

पोखरा,१ मंसिर । सरकारले ल्याउन लागेको नेपाल वन विधेयकले मानव र वन्यजन्तु बिचको द्वन्द्व व्यवस्थापन गर्ने व्यवस्था गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । वन ऐन २०४९ को सट्टा नेपाल सरकारले ल्याउन लागेको वन विधेयकको मस्यौदामाथि छलफलमा बोल्ने क्रममा सरोकारवाला व्यक्तिहरुले व्यापारिक प्रयोजनको लागि वन्यजन्तु पाल्न पाउने स्पष्ट व्यवस्था समेत गर्न आग्रह गरे । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकीका अध्यक्ष कालीदास सुवेदीले त बाँदरको सुकुटी बनाएर विदेश निर्यात गर्न पाउनुपर्ने बताए ।

उनले भने, ‘व्यापारिक प्रयोजनको निम्ति वन्यजन्तु पाल्न पाउने व्यवस्था होस् । वन्यजन्तुले पु¥याएको हानी नोक्सानीको लागि राहत पनि दिईनुपर्छ । बाँदरले दुःख दिएको छ । बाँदरहरुको सुकुटी बनाएर विदेश निर्यात गर्न पाउनुपर्छ । वन्यजन्तुलाई पाल्न दिईनुपर्ने र ती बाट आर्थिक लाभ लिन सकिने व्यवस्था पनि स्पष्ट हुनुपर्छ ।’ वन्यजन्तुले पु¥याएको हानीनोक्सानीको राहत समेत दिईनुपर्ने उनको माग थियो । नेपाल सरकारले ल्याउन लागेको नयाँ विधेयकको मस्यौदामाथि गण्डकी प्रदेशमा छलफल गरिएको छ । छलफलमा सहभागी सम्बद्ध व्यक्तिहरुले नयाँ विधेयकले प्रदेश र स्थानीय तहलाई विशेष जोड दिनुपर्ने सुझाव दिएका छन् ।

प्रदेशको विषयमा खुलेन:मन्त्री लम्साल

प्रदेशका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले नेपाल वन विधेयक, २०७५ को मस्यौदाले प्रदेशप्रति स्पष्ट व्यवस्था नगरेको बताए । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने भएतापनि अधिकार दिन भने संघको मानसिकता नै नरहेको उनले बताए । नयाँ ऐनले वनलाई उत्पादनसँग जोड्नुपर्ने उनले बताए । चीन र मलेसियाको वन व्यवस्थापनको उदाहरण पनि उनले दिए ।

‘चीनमा त्यहाँको वातावरण र उचाई अनुसारका फलफुलका जंगल तयार पारिएका छन्, हामीले सके मलेसियाको जस्तो नसके पनि अहिलेको भन्दा फरक तरिकाले वन व्यवस्थापनमा ध्यान दिनुपर्छ ।’ मन्त्री लम्सालको भनाई थियो । उनले मानव र वन्जन्तु द्वन्द्वको व्यवस्थापनको विषयमा पनि विधेयकले स्पष्ट व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

FILE PHOTO

Check Also

स्कुटरले ठक्कर दिँदा पोखरामा एक पैदल यात्री घाइते

मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । …