Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रको ९५ अर्ब लगानी – BIG FM 101.2 MHz

Breaking News
Home » व्यापार / व्यवसाय » पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रको ९५ अर्ब लगानी

पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रको ९५ अर्ब लगानी

पोखरा, कात्तिक १ । पोखरामा पर्यटन क्षेत्रमा करिब ९५ अर्ब रुपैयाँको लगानी भएको बताइएको छ । साना–ठूला गरी करिब ६०० होटल र रेस्टुराँमा निजी क्षेत्रले उक्त लगानी गरेको व्यवसायीको भनाइ छ ।
पर्यटकीय सिजनलक्षित गरी हाल पोखरामा १२० भन्दा बढी होटल सन्चालनमा छन् । नयाँ होटल थपिएसँगै बेडको संख्या पनि करिब ३० हजार पुग्ने अनुमान व्यवसायीहरुको छ ।
एउटा होटल थपिँदा कम्तीमा दुई अर्ब रुपैयाँ लगानी थपिने व्यवसायीको भनाइ छ । यो वर्षको पर्यटकीय सिजनमा विगतकोभन्दा बढी पर्यटक आउने आशा पनि व्यवसायीको छ ।
पछिलो समय पोखरा आसपास रहेका विश्व शान्ति स्तुपा, साराङकोट, बेगनास, रुपाकोट, भरतपोखरीलगायतका ठाउँमा रिसोर्ट बनाउनेक्रम पनि बढेको छ ।
डाँडाको टुप्पोमा रहेका रिसोर्टबाट पोखरा सहरको दृष्यसहित फेवाताल, सराङकोट, हिमाली शृंखला हेर्नसकिने भएकाले व्यवसायी डाँडाकाँडामा रिसोर्ट बनाउनकेन्द्रित भएका हुन् ।

Check Also

फेवाबजार डटकमः अब किस्ता सुविधामा अनलाइन सपिङ

पोखरा। पैसा साथमा भएन । बजार निस्कने समय भएन । अब चिन्ता लिनुपर्दैन । किस्ताकिस्तामा तिर्न …