Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » असोज २ गते मंगलबार बन्द आह्वान गरिएको छैनः नेकपा (विप्लव)

असोज २ गते मंगलबार बन्द आह्वान गरिएको छैनः नेकपा (विप्लव)

अनाधिकृत रुपमा संचालन भइरहेका ब्लगहरु र केहि फेसबुक पेजहरुले असोज २ गते मंगलबार नेपाल बन्द रहेको गलत हल्ला फैलाइरहेको बेला विप्लव नेतृत्वले भने बन्द घोषणा नगरेको जनाएको छ ।

उसो त, माओवादी पूर्व जनमुक्ति सेना नेपाल पार्टीको नाममा फैलिएको विज्ञप्ती पनि आधिकारीक पुष्टि हुन सकेको छैन, । निकै ठूला र भद्धा अक्षरमा फेक देखिने गरी अशुद्ध वाक्यहरुमा बन्द सम्बन्धी विज्ञप्ती भाइरल बनाएर बन्द हल्ला व्यापक भइरहेको छ । यद्यपी, विज्ञप्तीमा प्रकाण्डको रिहाइ लगायत नेकपाकै जस्तो गरी केहि विषय समेटिएका छन् ।

बिप्लव नेतृत्वको नेकपाका एक जना नेताले भने असोज २ गते मंगलबार आफूहरुका बन्दका कुनै पनि कार्यक्रम नरहेको प्रष्ट पारेका छन् । बन्दका कारण अन्योलमा परेका बेला ति नेताले भने आफूहरुको बन्दको कार्यक्रम नभएको बताए ।

उनले आफ्ना पार्टीका नेता प्रकाण्डमाथि यस्तो गतिविधि जारी रहे अब चुप लागेर बस्ने स्थिति नभएको चेतावनी समेत दिँदै सम्झाइरहन जरुरी नभएको बताए । साथै, आफूहरुमाथि धरपकड जारी रहे धैर्यताको बाँध टुट्ने उल्लेख गरे ।

Check Also

पोखरामा पूर्व राजारानी बस्ने होटल यस्तो छ, २ हप्ता बसेर न्यू इयर मनाएर मात्र फर्कने !

पोखरा । पूर्व राजारानी ज्ञानेन्द्र शाह र कोमल शाह पोखरा आएका छन् । बुद्ध एयरको …