Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » सिमेन्ट र रडको मूल्य बढेपछि व्यवसायी आन्दोलित

सिमेन्ट र रडको मूल्य बढेपछि व्यवसायी आन्दोलित

बिग न्यूज
पोखरा, २२ पुस । सिमेन्ट र रड लगाएतका निर्माण सामाग्रीहरुको भाऊ एक्कासी बढेपछि पोखराका हार्डवेयर व्यवसायीहरुले विरोध जनाएका छन् । निर्माणको सिजनको बेलामा उत्पादक कम्पनीहरुले एक्कासी भाऊ बढाएपछि त्यसको विरोधमा उनीहरु आन्दोलित भएका हुन् ।

पोखरा हार्डवेयर एशोसियसनले एक विज्ञप्ती जारी गर्दै निर्माण सामाग्रीको मूल्य समायोजन नगर्दासम्म आफूहरुले आन्दोलन जारी राख्ने बताएको छ । ‘यो निकै बदनियतपूर्ण तरिकाले मूल्यवृद्धि गरिएको छ । त्यसैले हामीले यो विषयमा आपत्ती जनाएका हौँ ।’ एशोशियसनका अध्यक्ष राजेशकुमार गुप्ताले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

करिब १० दिन यता नेपाल भरिका सिमेन्ट र छड कम्पनीहरुले कुनै कारण नदेखाई एक्कासी पीपीसी सिमेन्टमा एक बोरामा १ सय रुपैयाँ, ओपीसी सिमेन्टमा १ सय २० रुपैयाँ र फलामे छडमा प्रतिकिलोग्राम १३ रुपैयाँ मूल्यवृद्धि गरेको हार्डवेयर व्यवसायीहरुले बताएका छन् । यसो गर्दा निर्माणको सिजनमा हार्डवेयर व्यवसायीसँगै निर्माण व्यवसायीहरु पनि मारमा पर्ने निश्चित छ ।

अनावश्यक र कृत्रिम अभाव सुजना गरी मूल्य वढाउदा व्यवसाय नियमित रुपमा संचालन गर्न नसक्ने पनि विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ–“यस प्रकारको मूल्य वृद्धिवाट हामी कास्कीमा रहेका दुई सय २० हाडवेयर व्यवसायी आन्दोलित र आफ्ना व्यवसाय वन्द गर्ने सम्मको अवस्थामा पुगेका छौं ।”

सम्बन्धित कम्पनीहरुसँग पटक पटक अनुरोध गर्दा पनि सुनुवाई नभए पछि आन्दोलनको विकल्प रोजेको पनि एशोशियसनले जनाएको छ । ‘निरन्तर विद्युत आपुर्ती, डलरको भाऊमा कुनै घटबढ नभएको अवस्था तथा क्लिंकर पनि नेपालमै प्रशस्त मौज्दात हुनुका साथै भारतले पनि मूल्य नबढाएको अवस्थामा त्यस्तो के कारणले व्यवसायी र उपभोक्तालाई मार पर्ने गरि सिमेन्ट र रडको मूल्य बढाउनु प¥यो ?’ विज्ञप्तीमा व्यववसायीहरुले यो उत्पादक कम्पनीको मनोमानी र उपभोक्ताप्रति उनीहरुले गरेको अन्यायको रुपमा अथ्र्याएका छन् ।

Check Also

कुर्था पसलमा आगोलागि

पोखरा, बैशाख २३, पोखराको न्युरोडमा रहेको एक कुर्थापसलमा आगोलागि भएको छ । गएराति भएको आगालागि …