Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » स्याङ्जाकी पद्मा अर्याल भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री बन्दै, कानुनमन्त्री भानुभक्त ढकाल

स्याङ्जाकी पद्मा अर्याल भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री बन्दै, कानुनमन्त्री भानुभक्त ढकाल

पोखरा । राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । स्वास्थ्य राज्यमन्त्री उनलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री भएपछि सो मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी फोरमकै डा. सुरेन्द्र यादवे पाउने भएका छन् ।

एक साता अघि मन्त्रिपरिषद् बैठकले कृषि भूमि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपन्छी र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएको छ। मन्त्रालय फुटाएसँगै स्वास्थ्य राज्यमन्त्री अर्याललाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय दिइने भएको हो ।

मन्त्री राज्यमन्त्रीको सपथ साढे ४ बजे तय भएको छ ।

कानुन मन्त्री भानुभक्त ढकाल

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल नियुक्त भएका छन् । मोरङ–३ बाट निर्वाचित नेकपाका सांसद ढकाललाई प्रधानमन्त्री केपी ओलीले मन्त्री नियुक्त गरेका हुन । अघिल्लो मंगलबार मन्त्री शेरबहादुर तामाङले राजीनामा दिए पछि उक्त मन्त्रालय प्रधानमन्त्री ओलीले हेर्दै आएका थिए।

केही दिनअघि बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनका लागि जाने नेपाली छात्राले प्रमाणपत्रका लागि शरीरसमेत सुम्पिनुपर्ने खालका घटना सुनिएको सार्वजनिक कार्यक्रममा बोलेका तामाङले चौतफी दाबवपछिराजीनामा गरेका थिए ।

को हुन् पद्मा अर्याल ? 

पद्मा अर्याल स्याङजा क्षेत्र नं २ की एमाले सांसद हुन् ।  उनको जन्म २०२५ पुसमा स्याङजाको वालिङ १४ मा भएको हो । उनले पूर्णामृत भवानी उच्च माविबाट एसएलसी र भक्तपुर बहुमुखी क्याम्पसबाट बिएड अध्ययन पूरा गरेकी हुन् ।

०४० सालमा अनेरास्ववियू पाँचौमार्फत राजनैतिक यात्रा सुरु गरेकी उनी ०६९ सालदेखि नेकपा एमालेको केन्द्रिय सदस्य हुन् ।  निवर्तमान सरकारमा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री रहेका कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई चुनावी मैदानमा हराउँदा अर्यालको चर्चा चुलिएको थियो ।

एमालेको इतिहासमै पहिलो महिला जिल्ला अध्यक्ष

उनी एमालेको इतिहासमै पहिलो महिला जिल्ला अध्यक्ष बनेकी थिइन् ।  सातौं जिल्ला अधिवेशनमा पुरुष प्रतिस्पर्धीलाई उछिन्दै उनी जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य बनिन् । उनी स्याङजाकी जिल्ला इनचार्ज समेत रहिन् ।  ०३७ सालमा तत्कालीन नेकपा माले हुँदै राजनीतिमा सक्रिय रुपमा लागेकी अर्याल ०५४ मा वडासदस्यका रुपमा विजयी भएकी थिइन् ।

०६४ मा समानुपातिक सभासद् बनेकी थिइन् ।  महिला सशक्तिकरणमा अग्रणी भूमिका खेलेका अर्याल अधिकार आफैं संघर्ष गरेर लिनुपर्ने बताउँछिन् । महिलाले उत्साही भएर अघि बढे जुनसुकै जिम्मेवारी सम्हाल्न सक्षम हुने उनको भनाइ छ ।

Check Also

फेरि बलात्कार पछि हत्याः धनुषामा १० वर्षीया बालिका बलात्कार गरी हत्या गर्ने २ पक्राउ

जनकपुरधाम । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरी उखुबारीमा शव फेला परेको घटना नसेलाउँदै सोहि प्रकृतिको …