Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » पर्वतमा बाँदरको आक्रमणबाट महिला घाइते

पर्वतमा बाँदरको आक्रमणबाट महिला घाइते

मंसिर १९,पर्वत । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।स्थानीय ४० वर्षीया लक्ष्मी जैसी मङ्गलबार बाँदरको आक्रमणबाट घाइते भएकी हुन् । घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा उनलाई बाँदरले आक्रमण गरेको हो ।

जैसीको मणिपाल शिक्षण अस्पताल,पोखरामा उपचार भइरहेको स्थानीयवासी झलक आचार्यले जानकारी दिए । बाँदरले दुःख दिन थालेपछि स्थानीयवासीले बाँदर नियन्त्रणका लागि प्रशासन र स्थानीय गाउँपालिलाई गुहार्दै आएका छन् ।

 

Check Also

स्कुटरले ठक्कर दिँदा पोखरामा एक पैदल यात्री घाइते

मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । …