Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » पोखरा इञ्जिनियरिङ कलेजमा प्रशासन र विद्यार्थीबीच सहमति

पोखरा इञ्जिनियरिङ कलेजमा प्रशासन र विद्यार्थीबीच सहमति

पोखरा, १९ मंसिर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु),अनेरास्ववियु क्रान्तिकारी पोखरा इञ्जिनियरिङ कलेज एकाई र कलेज प्रशासनबीच सहमति भएको छ । १० बुँदे सहमतिसँगै तालाबन्दी खुलेको छ । विद्यार्थीको साझा संगठनका लागि निर्णय गर्न एक कमिटि गठन गरी पोखरा विश्वविद्यालयसँग समन्वय गर्ने, उपलब्ध रहेको मल्टिमिडियालाई व्यवस्थित गर्ने, शिक्षकहरुले नियमित रुपमा अध्यापन गराउनुपर्ने, पार्किङ स्थललाई व्यवस्थित गर्ने सहमती भएको छ । त्यसैगरी विश्वविद्यालयले निर्धारण गरेका पाठ्यपुस्तक पर्याप्त मात्रामा उपलब्ध गराउने, लाइब्रेरीमा इन्टरनेटको व्यवस्था गर्ने, तातो चिसो पिउने पानीको व्यवस्था गर्नुपर्ने र सम्भव भएसम्म खेलमैदानको व्यवस्था गर्नुपर्ने लगायतका सहमती भएका छन् ।

कलेजमा मंसिर १६ गतेदेखि तालाबन्दी गरिएको थियो । दुई विद्यार्थी संगठनले विभिन्न ८ बुँदे माग अघि सार्दै तालाबन्दी गरेको थियो । विद्यार्थीहरुले अनियमित ढंगले बढाइएको शैक्षिक शुल्क तुरुन्त खारेज गर्न, कलेजको हाता भित्र रहेको एफएम स्टेशन, कन्सल्टेन्सी जस्ता व्यवसाय तत्काल हटाउन, कलेजलाई व्यापारिक भवन नबनाउन, ओभरसियर र ब्याचलरको पुस्तकालय छुट्टाछुट्टै बनाउन, खेलमैदानको उचित प्रबन्ध, गुणस्तरीय शिक्षकको व्यवस्थाका साथै नियमित कक्षा सञ्चालन, प्रयोगात्मक कक्षा सञ्चालनका लागि आवश्यक उपकरण तथा सामाग्री पर्याप्त लगायतका माघ अघि सारेका थिए । मंसिर ७ गते पनि नेविसंघ एकाईले विभिन्न माग राखी कलेजको शैक्षिक भवनमा तालाबन्दी गरेको थियो । सो ताला फोडिएकोमा समेत कलेजले खेद प्रकट गरेको छ ।

Check Also

स्कुटरले ठक्कर दिँदा पोखरामा एक पैदल यात्री घाइते

मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । …