Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय » फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

असोज २।  सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। सोमबार मध्यरातदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३र३ रुपैयाँ मूल्यवृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए।

मूल्य समायोजन भएसँगै अब प्रतिलिटर पेट्रोलको मूल्य एक सय १४ र डिजेल तथा मट्टीतेलको मूल्य समान १ सय १ रुपैयाँ पुगेको छ। खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ।

निगमले १० दिन अघि २० भदौमा मात्रै इन्धनको मूल्यमा भारी बृद्धि गरेको थियो । आइतबार भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको मूल्य अनुसार १ अर्ब ३ करोड मूल्य घाटा हुने देखिएकाले इन्धनको मुल्य बृद्धि गरिएको गोइतले दावी गरे।

पुरानो मूल्य अनुसार आयल निगमलार्इ पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजेलमा ५ रुपैयाँ १२ पैसा नोक्सान हुने उनको भनाइ छ। गोइतका अनुसार मूल्य वढाएपछि पनि निगमलाई मासिक नोक्सान ५० करोड भन्दा धेरै छ।

Check Also

पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रको ९५ अर्ब लगानी

पोखरा, कात्तिक १ । पोखरामा पर्यटन क्षेत्रमा करिब ९५ अर्ब रुपैयाँको लगानी भएको बताइएको छ …