Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » दशैको पिङ्ग लोपको संघारमा(हेयौँ फोटो फिचर)
मकवानपुर, सन् १९६७, फोटो : डग र न्यान्सी ह्याच

दशैको पिङ्ग लोपको संघारमा(हेयौँ फोटो फिचर)

अशोक विश्वकर्मा
पोखरा, कार्तिक ११
दशै भन्ने बित्तिकै झट्ट मानसपटलमा पिङ्गको झल्को नेपालीहरुमा आइहाल्छ । तर समयक्रम सँगै दशैमा रोहोटो पिङ्ग (काठको पिङ्ग), लिङ्गे पिङ्ग देख्न कम भएको छ । गाउँटोलमा सार्वजनिक तथा निजि (सबैको पायक पर्ने) स्थानमा युवाहरुको सक्रियातामा हालिने पिङ्ग युवा पुस्ताको बढ्दो विदेशिने क्रम सँगै लोप हुने संघारमा पुगेको हो ।

पोखरा, कास्की, सन् १९६४, फोटो : स्टु उलमान

विजया दशमीको घटस्थापना देखी पुर्णिमा सम्म हालिने पिङ्ग पोखरा र पृथ्वीराजमार्गको छेउछाउमा केही वर्ष पहिले सम्म छ्याप्छ्याप्ती देखी गरेको भएता पनि यस पटक भने निकै कम देखियो ।

कास्की, सन १९७८, फोटो : टिम मेकर

पछिल्लो पुस्तामा पिङ्गको मोह कम हुनु र पिङ्गको महत्वबारेमा जानकारहरुले बुझाउन नसक्दा पनि दशैमा खेलिने पिङ्ग हराउने त हैन ?
सस्कृतीको जगेर्नाको लागि भएता पनि यस्ता पर्वहरुमा सवैले चासो दिनुपर्ने देखिन्छ ।

हेरौ नेपालको ईतिहासमा ५० वर्ष पहिले विभिन्न स्थानमा हालिएको पिङ्ग र नेपालीहरुको उत्साह

शिखा म्याग्दी, सन १९६६, फोटो : जिम फिल्ड
पाटन, ललितपुर, सन १९६५, फोटो : वायन स्टिन्सन
बन्दिपुर, तनहुँ, सन् १९६६, फोटो : विल ह्यान्सन
मकवानपुर, सन् १९६७, फोटो : डग र न्यान्सी ह्याच
धनकुटा, सन् १९६७, फोटो : पिटर भन मेर्टन्स
बनेपा, काभ्रेपलाञ्चोक, सन् १९६६, फोटो : सुजान आकियामा

 

Check Also

प्रदेशलाई सघाउँदै स्विस सरकार

कात्तिक २९,पोखरा । प्रादेशिक सडक अन्तर्गत आवश्यकमोटरवेल पुलनिर्माणमा स्विस सरकारले सहयोग गर्ने भएको छ । …