Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » पहिरोका कारण पोखरा—बागलुङ सडक अवरुद्ध

पहिरोका कारण पोखरा—बागलुङ सडक अवरुद्ध

पोखरा । गएरातिदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ ।

सडक खण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५, भ्याप्लेखोलामा सडक माथिबाट आएको पहिरोले पुरिँदा राति १ बजेदेखिनै सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध भएपछि धौलागिरिका चार जिल्लाका लागि मुलुकका विभिन्न ठाउँबाट आएका सवारीसाधन डिमुवामा रोकिएका छन् भने धौलागिरिबाट छुटेका बिहानी सेवाका छोटो तथा लामो दूरीका सवारीसाधन आम्वोटमा अलपत्र परेका छन् ।

सडक खुलाउनका लागि डोजर र एस्काभेटर बोलाएर खुलाउने प्रयास भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्वतले जनाएको छ । डिमुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र डोजर लगाएर सडक खुलाउने प्रयास गरिएको छ।

Check Also

 इन्जिनियरिङको पढाइ अब रुपा गाउँपालिकामै

पोखरा । रुपा गाउँपालिका अधिकांश विद्यार्थी उच्च शिक्षाका लागि पोखरा झर्छन् । अध्ययनका लागि मात्रै …