Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » ‘पोखरा महानगरपालिका’ आधिकारिक रुपमै बन्यो, राजपत्रमा प्रकाशन

‘पोखरा महानगरपालिका’ आधिकारिक रुपमै बन्यो, राजपत्रमा प्रकाशन

पोखरा । पोखरा लेखनाथ महानगरपािलकाको नाम आधिकारीक रुपमा आजदेखि फेरिएको छ । नेपाल सरकारले राजपत्रमा प्रकाशन गरेसँगै अव महानगरको नामबाट लेखनाथ हटेर पोखरा मात्रै कायम भएको छ । यससँगै अब काम काज पोखरा महानगरपालिका नामबाटै हुनेछ ।

गत साउन २३ गते मन्त्रीपरिषद् बैठकले महानगरको निर्णय र प्रदेश सरकारको सिफारिस बमोजिम लेखनाथ शब्द हटाउने निर्णय गरेको थियो । गत असार १२ गते महानगरको तेश्रो नगरसभाले अब पोखरा महानगरपालिका मात्र रहने गरी लेखनाथ शब्द हटाउने निर्णय गरेको थियो । उपमहानगरपालिका रहँदा पनि पोखरा मात्र थियो । पछि, लेखनाथ नगरपालिका सहित आसपासका गाविस गाभेर पोखरा लेखनाथ महानगरपालिका नामाकरण गरियो । बहुमत वडाध्यक्ष र सदस्यहरुले नाम परिमार्जन गर्ने बिषयमा समर्थन जनाएका थिए ।

यस प्रस्तावमाथि ४० जना नगर सभासद्ले आफ्ना धारणा राखेका थिए । अधिकांशले कवि शिरोमणि लेखनाथ पौड्याललाई ससम्मान उनको नाम अन्य क्षेत्रमा जोड्न सकिने तर महानगरको नाम पोखरामात्रै हुनुपर्ने बताएका थिए । नामको बिषयमा पहिले देखि नै विरोध र विवाद आएकोले हटाउनका लागि प्रश्ताव गरिएको थियो ।

साविक लेखनाथ नगरबासीले भने लेखनाथ नगरपालिका रहँदा एक अर्ब बजेट आउनेमा अहिले महानगरमा मिसिएपछि त्यस क्षेत्रमा २० करोड मात्र आएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् । विकास पनि नहुने, लेखनाथ नाम पनि हटाउने भएपछि नगरपालिका नै हुनुपर्ने केहिको माग छ । तर, सर्वसम्मत रुपमा नाम हटाई ग्रेटर पोखराको अवधारणामा अघि बढेको महानगरपालिकाले जनाएको छ ।

 

Check Also

यस्तो बन्ने भो भालु पहाड ! ४५ करोडको गुरुयोजना, २३ फिटको शिव र बुद्धको मूर्ति (भिडियो सहित)

पोखरा ५ असोज । स्याङ्जाको भालु पहाडलाई उत्कृष्ट टुरिजम स्पोट बनाइने भएको छ । पर्यटकिय …