Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » पोखरामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते

पोखरामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते

मंसिर १८,पोखरा । मोटरसाईकलले स्कुटरलाई ठक्कर दिँदा पोखरामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा पोखरा १ सिमपानीकी ४० बर्षिय भिममाया तामाङ र ४२ बर्षिय मिना गुरुङ रहेका छन् । पोखरा महानगरपालिका –२ विन्दावासिनी चोकमा हालसम्म नंम्बर नखुलेको मोटरसाईकलले ग ७ प ७७३४ नं.को स्कुटरलाई ठक्कर दिंदा स्कुटरमा सवार दुईजना घाइते भएका हुन् ।

दुर्घटनामा परी घाईते भएका दुवैजनालाई उपचारको लागि अस्पताल पठाइएको छ । ठक्कर दिने मोटरसाईकल फरार रहेकाले खोजिकार्य जारी राखेको प्रहरीले जनाएको छ ।

Check Also

स्कुटरले ठक्कर दिँदा पोखरामा एक पैदल यात्री घाइते

मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । …