Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » प्रदेशलाई सघाउँदै स्विस सरकार

प्रदेशलाई सघाउँदै स्विस सरकार

कात्तिक २९,पोखरा । प्रादेशिक सडक अन्तर्गत आवश्यकमोटरवेल पुलनिर्माणमा स्विस सरकारले सहयोग गर्ने भएको छ । प्रादेशिक स्तरका विशेष तथा क र ख वर्गका सडकका लागिआवश्यक पर्नेे सबै मोटरवेल पुलको जिम्मा स्विस सरकारको स्विस विकास सहयोग कार्यक्रमअन्तर्गत लोकलब्रिज रोड प्रोग्राम (एलआरबीपी) ले सहयोग गर्नेछ । भौतिकपूर्वाधार विकास मन्त्रालयले यो कार्यक्रमको लागिबुधबार सम्झौता गरेको छ ।

मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाकाअनुसार सडकमार्गमा पर्ने मोटरवेल पुलको डिजाईन देखि सुपरिवेक्षण सम्मएलआरबीपीले गर्नेछ । यो खर्च र यो परियोजनमा खटिने कर्मचारी सबैको खर्च भने स्विस सरकारले नै व्योहोर्ने उनले जानकारी दिए । मरहट्टाकाअनुसार संघ तथा प्रदेशबाट हस्तान्तरित सबै योजनाहरुमा स्विस सरकारको सहयोग रहनेछ । प्रदेशमा संघीय सरकारबाट हस्तान्तरित २९ वटा मोटरवेल पुल रहेका छन् । यस्तै प्रदेशले तीनतहका सडकमा ७० वटा मोटरवेल पुलबनाउनेछ । उनकाअनुसार प्रदेशले यसवर्षमात्रै ७० वटा मोटरवेल पुलमा ३ करोड ७५ लाख रुपैयाँ खर्चनेछ ।

भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रादेशिक रुपमा पहिलो पटक सहयोगी निकायसँग प्रदेशले सम्झौता गरेको बताए । स्विस सरकारको यो सहयोग पहिलो भने होईन् । यसअघि संघीय सरकारका मातहतका जिल्ला प्राविधिक कार्यालयहरुबाट सहयोग प्राप्तहुँदै आएको थियो । नयाँ संरचनामा आईसकेपछि जिल्लास्थितका प्राविधिक कार्यालयहरु खारेज भएपछि प्रदेशस्तरबाट सहयोग हुनथालेको हो ।एलआरबीपिको कार्यालय विभिन्न जिल्लामा रहनेछन् । यस्तै, मन्त्रालयले प्रादेशिक सडकहरुको डिपिआर भईरहेको जनाएको छ । प्रदेशआफैले पहिलोपटक सडक निर्माणमा करोडौँ बजेट छुट्याएको छ । प्रदेशका हरेक निर्वाचन क्ष्ोत्रदेखि प्रदेश सदरमुकाम पोखरा जोड्ने क वर्गका सडकलाई प्रतिसडक २ करोड १० लाखका दरले ३६ सडकलाई ७५ करोड ६० लाख रुपैयाँ छुट्याईएको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषदको अघिल्लो बैठकले सचिवहरुलाई विभागीय प्रमुखको अधिकार दिई १० करोड माथिको टेण्डर खोल्न सक्ने अधिकार दिएको छ । यो निर्णयसँगै सम्बन्धित मन्त्रालयका सचिवहरुलाई टेण्डर स्विकृत गर्न सक्नेछन् ।

Check Also

जन्ती चढेको जिप र बस ठोक्किँदा बेहुलाका बुबाआमासहित ६ जनाको मृत्यु

दाङ, २७ मंसिर । दाङमा जन्ती सवार जिप र यात्रु बस ठोक्किँदा बेहुलाका बुबा आमा सहित ६ …