Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » यस्तो छ प्रदेश ४ का मुख्यमन्त्री र मन्त्रीहरुको तलब सुविधा
k|b]z g+ $ sf] oxL df3 @@ ut] x'g] klxnf] k|b]z;ef a}7snfO{ nlIft ub}{ tof/ ul/Psf] a}7s ejg . tl:j/M jf;'b]j kf}8]n, kf]v/f, /f;;

यस्तो छ प्रदेश ४ का मुख्यमन्त्री र मन्त्रीहरुको तलब सुविधा

बिग खबर
पोखरा, २६ चैत । मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवासुविधा सम्बन्धी विधेयक पारित भएपछि अबदेखि प्रदेश नम्बर ४ का मुख्यमन्त्रीको तलब प्रतिमहिना ६० हजार ९ सय ७० रुपैयाँ तोकिएको छ । यसैगरी मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायकमन्त्रीको ४७ हजार रुपैयाँ तलब तोकिएको छ ।

सोमबार बसेको संसद बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरुको तलब सुविधासम्बन्धि विधेयक पारित गरेको हो । तलबसँगै मुख्यमन्त्री र मन्त्रीले आवास, सवारी साधन, इन्धन, मोविल, टेलिफोन तथा पत्रपत्रिका, अथिति सत्कार र बिजुली, धाराको सुविधा, स्वदेश विदेश भ्रमणमा दैनिक भत्ता, यात्रा विमा लगायतका सुविधा प्राप्त गर्ने छन् ।

मुख्यमन्त्रीले सवारी इन्धन २ सय ५० लिटर, मोविल १० लिटर, एउटा गाडी, सञ्चारका लागि ५ हजार, अतिथि सत्कारमा ४० हजार र धारा विजुलीको विल अनुसार तिर्ने गरी विधेयक पारित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीले स्वदेश तथा विदेश भ्रमण गरेको पनि भत्ता र विमा हुनेछ । नेपालमा भ्रमण गर्दा प्रतिदिन ३ हजार र विदेशमा भए २ सय ५० डलर दैनिक भत्ता प्राप्त गर्नेछन् भने सबैले १० लाखको यात्रा विमा पाउने छन् ।

यो सबै हिसाब गर्दा मुख्यमन्त्रीका लागि सरदर मासिक २ लाख भन्दा बढी खर्च हुन्छ । यसबाहेक पनि राजपत्रांकित द्धितीय श्रेणीका १ जना र शाखा अधिकृत स्तरको १ गरी २ जना स्वकीय सचिव र २ जना कार्यालय सहयोगी पनि मुख्यमन्त्रीले सरकारी खर्चबाट ब्यहोर्ने गरी राख्न पाउनेछन् ।

सरकारले ब्यवस्था नगरे फर्निचरका लागि १ लाख रुपैयाँ उनीहरुले एकमुस्ट रकम प्राप्त गर्नेछन् । मन्त्रीले निजी घरमा बस्न चाहे १ लाख ५० हजार मर्मत खर्च प्राप्त गर्ने पारित विधेयकमा छ । प्रदेश ४ का सबै मन्त्रीले सरकारले नै व्यवस्था गरेको फर्निचर तथा आवास प्रयोग गरिरहेका छन् ।

मन्त्रीले तलबसँगै १ सय ५० लिटर इन्धन, ५ लिटर मोविल, २ हजार सञ्चार खर्च, १५ हजार अतिथि सत्कार र विल अनुसार धारा बिजुलीको खर्च प्राप्त गर्नेछन् । मन्त्रीले नेपालभित्र भ्रमण गर्दा २ हजार ५ सय र विदेशमा भ्रमण गर्दा १ सय ७५ अमेरिकी डलर दैनिक भत्ता पाउने भएका छन् ।

राज्यमन्त्री र सहायक मन्त्रीले निजी घरमा बसे १ लाख २५ हजार मर्मत खर्च पाउने छन् । १र१ लाख रुपैयाँ फर्निचर खर्च, १ सय २५ लिटर मासिक इन्धन, ५ लिटर मोविल, २ हजार सञ्चार सुविधा, १० हजार अतिथी सत्कार र २ हजार रुपैयाँ धारा बिजुलीको खर्च पाउने छन् ।

राज्यमन्त्री तथा सहायकमन्त्रीले देशभित्र भ्रमण गर्दा २ हजार ५ सय र विदेश भ्रमण गर्दा १ सय ५० अमेरिकी डलर पाउने विधेयकमा छ ।

मुख्यमन्त्रीले राजपत्र द्धितीय स्तरको १ जना र शाखा अधिकृत स्तरको १ जना स्वकिय सचिव र २ जना कार्यालय सहयोगी पाउने भएका छन् भने मन्त्रीहरुले शाखा अधिकृतस्तरको १ जना स्वकीय सचिव र १ जना कार्यालय सहयोगी पाउनेछन् ।

Check Also

नवगठित नेविसंघ कास्कीको पहिलो निर्णय : ‘तत्काल क्षेत्रीय अधिवेशन र करको विरोधमा प्रदर्शन’

बिग न्यूज पोखरा, ३ भदौ । नेपाल विद्यार्थी संघ कास्कीको वैधानिक कार्यसमिति दाबी गर्दै सभापति …