Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
‘मेरो कार्यकालमा वाइडबडीको थप निर्णय भएको छैन, प्रक्रिया पहिल्यै पूरा भइसकेको थियो’ – BIG FM 101.2 MHz

Breaking News
Home » राष्ट्रिय » ‘मेरो कार्यकालमा वाइडबडीको थप निर्णय भएको छैन, प्रक्रिया पहिल्यै पूरा भइसकेको थियो’

‘मेरो कार्यकालमा वाइडबडीको थप निर्णय भएको छैन, प्रक्रिया पहिल्यै पूरा भइसकेको थियो’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदनबाट आफू अचम्मित भएको प्रतिक्रिया दिएका छन् ।

मन्त्री अधिकारीले वाइडबडी प्रकरणमा आफू पनि मुछिएको घटनाबाट दुःखी र अचम्मित भएको बताए । मन्त्रालयको मुख्य व्यक्ति भएकाले केही कन्सर्न आउनु स्वभाविक नै भएपनि तर यो खालको समस्या आउला भनेर नसोचेको उनको भनाई छ।

संसदीय प्रणाली र संसदीय समितिको आफूले सधैँ सम्मान गर्ने अधिकारीको भनाई छ । ‘मैले मन्त्रालय सम्हालेपछि वाइडबडीको बारेमा थप निर्णय केही भएको छैन, प्रक्रिया पहिल्यै पूरा भैसकेको थियो’- मन्त्री अधिकारीले थपे ।

संसदको लेखा समितिले बनाएको उपसमितिले मंगलबार प्रतिवेदन टुंग्याउँदै वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको निष्कर्ष निकालेको छ ।

उपसमितिले बहालवाला मन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देव, त्यसैगरी बहालवाला पर्यटन सचिव कृष्ण देवकोटा, हाल गृहसचिव रहेका तत्कालीन पर्यटन सचिव प्रेम राई र पूर्व सचिव शंकर अधिकारीलाई कारबाहीको सिफारिस गरेको छ ।

त्यस्तै, वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्कालै निलम्बन गरेर कारबाही गर्न पनि उपसमितिले सिफारिस गरेको छ । उपसमितिको प्रतिवेदन आजै लेखा समितिको पूर्ण बैठकमा पेश गरिएको छ ।

Check Also

‘हतार र अप्रत्याशित किसिमले छापामार शैलीमा पार्टी विभाजन’ पत्रकार सम्मेलनमा संयोजक नै पत्रकार दीर्घामा

काठमाण्डौ, १ माघ । विवेकशील साझा पार्टीले उज्ज्वल थापा समूहले छापामार शैलीमा पार्टी फुटाएको निष्कर्ष निकालेको छ …