Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
जहाजहरू भारत र चिन जान धेरै समय लाग्दैन:मन्त्रीअधिकारी – BIG FM 101.2 MHz

Breaking News
Home » राष्ट्रिय » जहाजहरू भारत र चिन जान धेरै समय लाग्दैन:मन्त्रीअधिकारी

जहाजहरू भारत र चिन जान धेरै समय लाग्दैन:मन्त्रीअधिकारी

अनुप पौडेल,
पोखरा ०७ साउन ।संघिय सरकारका संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्री रविन्द्र अधिकारीले अब देशका अन्तराष्ट्रिय विमानस्थल चल्ने र देशका विभिन्न स्थानबाट जहाजहरू भारत र चिन जान धेरै समय नलाग्ने बताएका छन् ।उनले देशमा रहेका जहाज बेचेर सक्किएको र देशमा आफ्नो जहाज नभएसम्म देशको विकास नहुनुका साथै पर्यटक नाभित्रिने समेत बताए ।

पोखराको गुप्तेश्वर गुफामा निर्मित बुढानिलकण्ठको मुर्ति अनावरण गर्ने कार्यक्रमा सहभागी हुन् पोखरा आएका उनले पोखराको मुस्ताङ्गचोकबाट पुम्दि जाने बाटोसम्म चार लेनको फराकिलो पेटी र ग्रिनेरी सहित गज्जबको बाटो बनाउने गरि ७० करोडको योजना अघि सारेको र यहि बर्षमा उक्त योजना कार्यन्वयननमा आउने समेत बताएका छन् ।

उनले थपे,’राम्रो गरे राम्रै हुन्छ,नराम्रो गरे नराम्रो नै हुन्छ,काम नगरी बस्नेहरू अरुलाई गालि मात्र गरेर बस्छन ।’त्यस्तै पोखरा लेखनाथ वडा १७ का अध्यक्ष्य तिर्थराज अधिकारीले पोखरामा आउने पर्यटकका लागि डेभिड फल्स र गुप्तेश्वर गुफा प्रमुख गन्तब्य बनेको र अझै आकर्षणको केन्द्रविन्दु बनाउन सकिने धारणा राखे । कार्यक्रममा सहभागी हरूलाई सम्बोधन गर्दै उनले थपे पोखराका २१,२२,३३ र १७ नम्बर वडालाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न साना सवारी चलाउने र होमस्टेको अवधारणा समेत आफुहरुले अघि सारेको बताए ।

आज अनावरण गरिएको बुढानिलकण्ठको मुर्तिको बारेमा जानकारी दिदै गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष्य विष्णु पौडेलले उक्त मुर्ति निर्माण गर्न हालसम्म १५ लाख रुपैया लागेको र अझै केहि काम गर्न बाकि रहेको जानकारी दिए । सडक बन्ने मुर्तिको लम्बाई २२ मिटर,चौडाई र मोडाई ६ फिट रहेको छ ।

मुर्तिकार तिलवीर सुनार सेन्चुरीले ६ महिनाको समय लगाएर गुप्तेश्वर गुफामा बनाएको बुढानिलकण्ठको मुर्ति । तस्बिर- अनुप पौडेल

Check Also

‘हतार र अप्रत्याशित किसिमले छापामार शैलीमा पार्टी विभाजन’ पत्रकार सम्मेलनमा संयोजक नै पत्रकार दीर्घामा

काठमाण्डौ, १ माघ । विवेकशील साझा पार्टीले उज्ज्वल थापा समूहले छापामार शैलीमा पार्टी फुटाएको निष्कर्ष निकालेको छ …