Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » चलचित्र ‘मालिका’ सारा नेपाली नारीको प्रतिनिधि हो:नायिका थापा

चलचित्र ‘मालिका’ सारा नेपाली नारीको प्रतिनिधि हो:नायिका थापा

अनुप पौडेल,पोखरा,०४ साउन ।सामाजिक अभियान्ताको रुपमा परिचित नायिका रेखा थापाले चलचित्र ‘मालिका’ आफ्नो मात्र नभई सारा नेपाली नारीको प्रतिनिधि चलचित्र भएको बताएकी छन् । एक कार्यक्रममा सहभागी हुन पोखरा आएकी उनले पत्रकार सम्मेलनमा बोल्दै नेपालमा महिलाको सहभागिता नभए देश आर्थिक हिसावले सफल नहुने धारणा समेत ब्यक्त गरेकी छन् ।
लक्ष्मीपुजा अर्थात कार्तिक २१ गतेबाट प्रदर्शनमा आउने चलचित्रले विशेष गरि नेपालका विकट क्षेत्रमा भएका नारीहरूको वास्तविक जीवनलाई दर्शाएको जनाईएको छ । कार्यक्रममा बोल्दै नायिका थापाले आफुले कलाकारिता क्षेत्रमा १८ बर्ष लाग्दा नारीका कुरालाई प्राथमिकता दिएको बताउदै अब महिलाहरू पुरुष सरह अघि बढनुपर्ने बताईन ।

निर्माता नरबहादुर कार्कीले यतिबेला आधा देश आधुनिकता तर्फ लम्किएको र आधा नेपाल कुरीति तर्फ उन्मुख हुनुले नै देशको विकास हुन नसकेको बताए । निर्माता कार्कीले नेपाली कला क्षेत्रलाई सामाजिक रुपान्तरण तर्फ धकल्नु पर्ने समेत बताएका छन् । उनले केहि दिन अघि मात्र युट्युवमा सार्वजानिक भएको गितमा उतारिएका कलाकारहरु कुनै ब्यबसायिक कलाकार नभएको जनाए ।केहि दिन अघि मात्र युट्युवमा सार्वजानिक भएको चलचित्र ‘मालिका’को हल्का माया के माया बोलको गितको छायाङकन जाजरकोटका दुर्गम ठाउमा गरिएको चलचित्र कि नायिका एवं निर्देशक थापाले जानकारी दिएकी छन् ।

काली,हिम्मतवाली र रुद्रप्रिया लगायतका चलचित्रमा समेत नायिका थापाले नारीलाई नै बढी जोड दिएको पाईन्छ ।चलचित्र ‘मालिका’मा रेखा थापा र जाजरकोटकी कमला वलीको मुख्य भूमिका रहेको छ ।समाज र देशका समस्यालाई समेटिएको चलचित्र ‘मालिका’ रेखा फिल्म्स प्रा.लिले निर्माण गरेको हो ।

Check Also

मोदीको फेरि पनि पोखरा भ्रमण रद्द, सुरक्षा कारण बहाना

काठमाडौँ,३० श्रावण २०७५ । काठमाण्डौमा यही भदौ १४ र १५ गते बिमस्टेक सम्मेलन आयोजना हुँदैछ । …