Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद » राेनाल्डाे अब युभेन्टसमा, मूल्य एक खर्ब ४४ अर्ब

राेनाल्डाे अब युभेन्टसमा, मूल्य एक खर्ब ४४ अर्ब

एजेन्सी- अहिले विश्व फुटबलकाे महाकुम्भ विश्वकपमा झुमिरहेकाे छ । अागामी अाइतबार अबकाे विश्व च्याम्पियनकाे फैसला हुँदैछ । विश्वकप फुटबलमा विश्वले ध्यान दिइरहँदा अर्काेतिर फुटबल क्षेत्रकाे अर्काे ठूलाे समाचार बाहिर अाएकाे छ ।

समाचार हाे- पाेर्चुगिज स्टार क्रिस्टियानाे राेनाल्डाे इटाली जाने । किनकि उनलाई स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन क्लब युभेन्टसले खरिद गरेकाे छ । युभेन्टसले राेनाल्डाेलाई स्पेनबाट इटाली ट्रान्सफर गर्न करिब डेढ खर्ब रुपैयाँ खर्चिएकाे छ । दुई क्लबबीच भएकाे सम्झाैतासँगै ३३ वर्षे राेनाल्डाे अब युभेन्टसबाट खेल्नेछन् ।

याे ट्रान्सफरसँगै राेनाल्डाेले भनेका छन्- मेराे जीवनकाे नयाँ चरणकाे सुरुवातकाे समय अाएकाे छ, त्यसैले मैले क्लबसँग मेराे ट्रान्सफर स्वीकार गर्न भनेकाे थिएँ । याे फुटबल दुनियाँमा भएकाे चार मह‌ंगा ट्रान्सफर मध्ये एक हाे । यसअघि बार्सिलाेनाबाट पिएसजी लैजाँदा ब्राजिलका नेयमारलाई क्लबले यसकाे दाेब्बर रकम तिरेकाे थियाे ।

फ्रान्सकाे खेलमा अहिले निकै चम्किएका खेलाडी एमबाप्पेलाई पनि झन्डै २ खर्ब तिरेर पिएसजीले माेनाकाेबाट खरिद गरेकाे थियाे । राेनाल्डाेकाे याे ट्रान्सफरपछि अब फुटबल पारखीहरुले त्याे खेलकाे प्रतिक्षा गरिरहेका छन् जहाँ राेनाल्डाेकाे पुरानाे टिम रियल म्याड्रिड र युभेन्टसबीच खेल हुँदैछ । यी दुई टिमबीच अमेरिकामा ४ अगस्टमा खेल हुँदैछ ।

रियल म्याड्रिडका र अाफ्ना समर्थकलाई राेनाल्डाेले एउटा चिठी लेखेका छन् । राेनाल्डाेले रियल म्याड्रिडका केही वर्ष जीवनका सबैभन्दा खुसीका वर्ष भएकाे बताएका छन् ।

उनले लेखेका छन्- रियल म्याड्रिडले मेराे र परिवारकाे मन जितेकाे छ । यी नाै वर्षमा मैले कयाैँ महान् खेलाडीविरुद्ध खेलेँ, उनीहरु सबैलाई मेराे सम्मान ।

-फरकधार

Check Also

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी दर्ता

पोखरा, २३  साउन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी विधिवत् रुपमा दर्ता भएको छ । दर्तासँगै मञ्च …