Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद » साफ यू-१८ महिला च्याम्पियनशीपमा भारतलाई हराउँदै नेपाल फाइनल प्रवेश

साफ यू-१८ महिला च्याम्पियनशीपमा भारतलाई हराउँदै नेपाल फाइनल प्रवेश

साफ यू १८ महिला च्याम्पियनसिपमा नेपाल फाईनलमा पुगेको छ । शुक्रबार भएको सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकर पुगेको हो ।

भुटानको चाङलिमिथाङ रंगशालामा नेपालका लागि पहिलो हाफमा फरवार्ड रश्मी कुमारी घिसिङले गोल गरेकी थिइन् । अर्की फरवार्ड रेखा पौडेलको थ्रु पासलाई सदुपयोग गर्दै उनले पेनाल्टी क्षेत्रभित्र बाट सहजै गोल गरेकी हुन् । नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।

दोस्रो हाफको ६२ औं मिनेटमा भारतले गोल फर्कायो । भारतकी कप्तान समिक्षाले बायाँ विङ्गसबाट आएको फ्रिकिकमा ६ यार्ड बक्सभित्रबाट हेडरमार्फत सहज गोल गरेकी थिइन् । त्यसअघि नेपाली गोलरक्षक अन्जना रानामगरले दोस्रो हाफको सुरुआतमै वन भर्सेस वनमा राम्रो बचाउ गरेकी थिइन् ।

नेपालका लागि अन्जना रानामगरले दुई प्रहार बचाइन भने भारतको एक प्रहार क्रसबारमा लागेको थियो । नेपालका लागि पुजा रानाको प्रहार सफल हुन सकेन । गोलरक्षक अन्जना, रेखा पौडेल र मनिषा राउतले गोल गरेका थिए ।

नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो । भारतले समूह चरणमा दुवै खेल जित्दै समूह ‘ए’ को विजेता भएको थियो । नेपालले समूह चरणको खेलमा पाकिस्तानलाई १२–० ले पराजित गर्दा बंगलादेशसँग भने २–१ ले पराजित भएको थियो ।

Check Also

पोखरामा ‘सुवास द एक्रो पाइलट’को प्रदर्शन

रेम बिक पोखरा, २८ असोज । ‘एक्रो प्यारापाइलट’ सुवास थापाको बारेमा निर्माण गरिएको डकुमेन्ट्री ‘सुवास …