Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
परिबर्तित समय अनुसार योजना र कार्यक्रम बनाउन महिला मन्त्रीको निर्देशन – BIG FM 101.2 MHz

Breaking News
Home » राष्ट्रिय » परिबर्तित समय अनुसार योजना र कार्यक्रम बनाउन महिला मन्त्रीको निर्देशन

परिबर्तित समय अनुसार योजना र कार्यक्रम बनाउन महिला मन्त्रीको निर्देशन

बिग खबर
काठमाण्डौ, १५ फागुन ।महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले परिवर्तित समयअनुसार उद्देश्य तथा कार्यक्रम परिवर्तन गर्दै बहुसंख्यक जनताको हितमा काम गर्नुपर्ने बताएकी छन्।

राजधानीको लैनचौरस्थित कार्यालयमा सोमबार समाजकल्याण परिषद्ले आयोजना गरेको नवनियुक्त मन्त्री तथा अध्यक्षको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले पञ्चायतकालदेखि गणतन्त्रसम्म परिषद्ले गरेको कामको मिहिन ढंगले समीक्षा गर्दै समयको माग एवं संविधानको मर्मअनुरूप अगाडि बढ्नुपर्ने बताएकी हुन्।

गरिब र निमुखाले न्याय पाऊन् भन्ने पवित्र उद्देश्यले पञ्चायतकालमा समाजकल्याण परिषद् स्थापना भएको स्मरण गर्दै नेकपा एमालेकी नेतृसमेत रहेकी मन्त्री थापाले नेपालमा गणतन्त्र स्थापना भए पनि समाजकल्याण परिषद लक्षित वर्गसम्म पुग्न नसकेको बताइन्।

नेपाली जनताले आफ्नो रगत पसिना बगाएर संविधानसभाबाट संविधान जारी भएको उल्लेख गर्दै मन्त्री थापाले भनिन्, ‘संविधानमा श्रमजीवी जनताको अधिकार प्रत्याभूतिका लागि संविधानले समाजवाद उन्मुख समाजको परिकल्पना गरेको छ। यसकारण पनि संविधानले निर्देशन गरेबमोजिम हाम्रा नीति, कार्यक्रम र व्यवहारहरू हुन आवश्यक छ।’

कम्तीमा पनि पाँच वर्षसम्म स्थिर सरकार चल्ने र उक्त अवधिमा समाजकल्याण परिषद्ले लक्षित वर्गका लागि मात्र काम गर्ने गरी कार्यक्रम बनाएर जानुपर्ने उनले बताइन्।

परिषद्का कर्मचारीले मन, वचन र कर्मले सेवा गर्नुपर्ने भन्दै उनले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने आवश्यकता औँल्याइन्। हिजोका दिनमा जस्तो अन्योलमा नभएर आउने दिनमा आर्थिक, सामाजिक र साँस्कृतिक रूपले देशलाई आमूल परिवर्तन गर्न आफू लागिपर्ने उनको भनाइ थियो।

सो अवसरमा परिषद्का सदस्यसचिव डिल्लीप्रसाद भट्टले नवनियुक्त अध्यक्षलाई स्वागत गर्दै समाजकल्याण ऐन, २०४९ बमोजिम समाजकल्याण परिषद् संचालन भइरहेको र गैरसरकारी संस्था र सरकारबीचमा समन्वयकारी भूमिका खेल्दै परिषद्ले गैरसरकारी निकायको नियामक निकायको रूपमा काम गरेको बताए।

परिषद्का कोषाध्यक्ष वीरबहादुर ठगुन्नाले नयाँ संरचनाअनुसार आफूहरू काम गर्न तयार रहेको बिचार व्यक्त गरे। सबै स्थानीय तहमा समाजकल्याण परिषद्का संरचनाहरू निर्माण गरी जनतालाई सर्वसुलभ सेवा प्रवाह गर्नुपर्ने उनको धारणा थियो।

Check Also

‘हतार र अप्रत्याशित किसिमले छापामार शैलीमा पार्टी विभाजन’ पत्रकार सम्मेलनमा संयोजक नै पत्रकार दीर्घामा

काठमाण्डौ, १ माघ । विवेकशील साझा पार्टीले उज्ज्वल थापा समूहले छापामार शैलीमा पार्टी फुटाएको निष्कर्ष निकालेको छ …