Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » मेरो कारणले हिरोहरु चल्छन् : साम्राज्ञी

मेरो कारणले हिरोहरु चल्छन् : साम्राज्ञी

बिग न्यूज
पोखरा, २७ भदौ । फिल्म प्रचारमा आईपुगेकी साम्राज्ञी पँहेलो ड्रेसमा निकै खुलेकी थिईन् । उज्यालो अनुहार लाएर बसेकी साम्राज्ञीको अनुहार पत्रकारको एउटा प्रश्नपछि एकाएक अँध्यारियो । पत्रकारले सोधेका थिए–‘तपाईलाई हिट हुन अनमोल केसी नै चाहिने हो ?’

उनी सामान्य हिसाबले भन्ने हो भने प्रश्न सोध्ने पत्रकारमाथि नै खनिईन् । भनिन्–‘तपाईको प्रश्न नै गलत छ । मैले खेलेको हरेक फिल्म हिट छन् । र, ती सबै फिल्म हिरोहरुका कारणले भन्दा पनि मेरै कारणले चलेका छन् । आर्यन दाईसँग खेलेको पछिल्लो फिल्म बाहेक । नत्र त फिल्ममा हिट हुन मलाई हिरो होईन बरु हिरोहरु चाँहि मेरो कारणले हिट भैराखेका छन् ।’

आफ्नो रिस अलिक मत्थर भएपछि साम्राज्ञी पुनः खुल्न थालिन् । उनले पत्रकारहरुलाई आफुहरु ढिलो आएको कारण सास्ती भएकोप्रति माफि मागिन् । र, सबैलाई प्रचारमा सहयोग गर्न अपील गरिन् ।

उनले फिल्मको बारेमा बताउँदै भनिन्–‘जहिल्यै नेपाली फिल्मलाई भारतीय र अँग्रेजी सिनेमाको गुणस्तरसँग दाँज्ने गरिन्छ । तर यो फिल्मले चाँहि नेपाली फिल्मपनि यो लेभलको बन्दो रहेछ भन्ने कुरा प्रमाणित गरेर देखाउनेछ ।’ साम्राज्ञीले भनिन् । उनले फिल्मको कुनै कुराको कम्प्रोमाइज नगरेकोले दर्शकलाई हेर्दा मज्जा आउने उनले दाबी गरिन् ।

Check Also

मनोरन्जन लिउँ:गम्भिर बनौ

व्यवहारिक र रोजगारमुखि शिक्षाको आवश्यकता महशुश सँगै देशमा शैक्षिकनीति परिमार्जनको बहश त चलेकै हो तर …